यज्ञनिधिको पैतालिसौँ स्मृति दिनमा शोकसभा

यज्ञनिधिको पैतालिसौँ स्मृति दिनमा शोकसभा

काठमाडौँ : साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधिको ४५ औँ स्मृति दिनमा नागार्जुन साहित्यिक प्रतिष्ठानले लोकतान्त्रिक आन्दोलनमा गणतन्त्र काव्यटार घोषित अनामनगरस्थित दाहालको दैलोमा सोमबार शोकसभाको आयोजना गर्‍यो। 

चर्चित रेडियो कार्यक्रम 'साहित्य संसार' को प्रस्तुतकर्ता तथा साहित्य लेखनका माध्यमबाट लोकप्रिय भएका दाहाल यज्ञनिधिको गत साउन २५ गते मस्तिष्कघातका कारण निधन भएको थियो। उनको जन्म २०१० साउन ८ गते खोटाङमा भएको थियो। दाहाल सो प्रतिष्ठानका संस्थापक सल्लाहकार एवं पूर्वअध्यक्ष पनि थिए।

शोकसभामा राष्ट्रियसभाका सांसद एवं साहित्यकार खेम नेपालीले साहित्यिक, सांस्कृतिक र सामाजिक जागरणमा दाहालको भूमिका महत्वपूर्ण रहेको बताए। प्रतिष्ठानका सल्लाहकार डा. रामप्रसाद ज्ञवालीले दाहालका साहित्यिक र सांस्कृतिक क्षेत्रमा हक्की र स्पष्ट स्वभाव एवं प्रगतिशील विचार सदा स्मरणीय रहने जनाउँदै उनको कृतित्व झल्कने गरी नागार्जुनले विशेष प्रकाशन गर्नुपर्ने बताए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले दाहालले साहित्यिक पत्रकारिता र साहित्यिक पत्रकार सङ्घको इतिहासमा दिएको योगदानको स्मरण गरे । प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवालले दाहालको स्मृतिमा सम्मान/पुरस्कार स्थापना र विशेष प्रकाशन गरिने जानकारी दिए।

२०५८ मा राजाले प्रत्यक्ष शासन सञ्चालन गरेपछि सो प्रतिष्ठानले दाहालको अगुवाइमा हरेक महीना शुभप्रभात काव्यगोष्ठी सञ्चालन र लोकतान्त्रिक साहित्यकार भेलाको संयोजन गरेको थियो। सोही समयमा प्रतिष्ठानको कार्यालय तथा दाहालको निवास रहेको दाहालको दैलोलाई गणतन्त्र काव्यटार घोषणा गरिएको थियो। रासस 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.