कर्मचारी कार्यालयमा नहुँदा स्थानीयलाई आपत्
मुगु : संघीयता स्थापनापछि सिहंदरबारको अधिकार गाउँमा पुग्ने भनिए पनि मुगुका अधिकांश जनताले यस्तो अनुभुति गर्न पाएका छैनन् ।
जनतासँग सरोकार राख्ने भुमिसुधार, नापी र प्रशासन जस्ता सेवा तीन वटा गाउँपालिकामा पुगेकै छैनन् । भएकै कर्मचारी पनि सरुवा भएर अन्यत्र गएपछि जिल्लाका चार स्थानीय तहमध्ये तीन गाउँपालिकाका बासिन्दा प्रशासनिक सेवाबाट बन्चित हुनु परेको छ ।
जसले गर्दा स्थानीयबासी नागरिता बनाउकै लागि समेत सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । यतिसम्म कि, नागरिकताको लागि दुई दिनसम्म पैदल हिँडेर जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।
छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड र मुगु कार्मारोङ्ग गाँउपालिकामध्ये छायाँनाथ नगरपालिका तीनवटै गाउँपालिकाका बासिन्दा दैनिक सेवाबाट बन्चित भएका हुन् ।
छाँयानाथ रारा नगरपालिकामा भने जिल्लाका सबै सरकारी कार्यालयमा छन् । अन्य तीन गाँउपालिकामध्ये सोरु गाँउपालिकामा तीन वर्षअघि इलका प्रशासन कार्यालय स्थापन भएको थियो ।
छ महिनासम्म इलका कार्यालयबाट स्थानीयबासीले नागरिता लगायत सेवा त्यहाँबाट हुने सेवा पाए । छ महिनापछि भने कार्यालयका शाखा अधिकृत सहित सबै कर्मचारी कार्यालय बन्द गरेर सदरमुकाम हिँडेपछि सोरु गाँउपालिकाको इलाका प्रशासन कार्यालय बन्द छ । खत्याड र मुगु कार्मारोङ्ग गाँउपालिकामा त अहिलेसम्म इलाका कार्यालय स्थापन हुनै सकेको छैन ।
तीनै गाँउपालिका सदरमुकामबाट एकदेखि दुई दिन टाढा पर्छन् । त्यहाँका स्थानीयबासी नागरिता बनाउनका लागि मात्र दुई दिन पैदल हिँडेर सदरमुकाम गमगढी आउने गरेका छन् ।