खानेपानी बनाउन गएकी किशोरी बलात्कृत, एकजना पक्राउ
भोजपुर : खानेपानी बनाउन गएकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक एक युवकलाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका-१, हेलौँछा डाँडाबोखिमका २५ वर्षीय मदनकुमार राईलाई किशोरी बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।
आरोपित राईले गत असोज २ गते बेलुका घरको खानेपानी मुहानमा बनाउन गएकी किशोरीलाई बारीमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पीडित किशोरीले आफूलाई लछारपछार गर्दै मुख थुनेर नजिकैको बारीमा लगेर करणी गरेकोे किटानी जाहेरी दिएपछि राईलाई गत बिहीबार पक्राउ गरिएको थियो ।
अभियुक्त राईलाई म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए ।