पहिरोले पदमार्ग बिग्रिएपछि पर्यटक घटे

पहिरोले पदमार्ग बिग्रिएपछि पर्यटक घटे

बेसीसहर : अघिल्लो वर्ष यही सिजनमा अन्नपूर्ण पदमार्गमा पर्यटक भरिभराउ थिए। अहिले सिजन सुरु भएपनि आगमन न्यून छ। निरन्तर भैरहेको वर्षा र बाढीपहिरोले अन्नपूर्ण पदमार्ग बिग्रिएपछि विदेशी पर्यटक आगमन घटेको हो ।अघिल्लो वर्ष यही सिजनमा पर्यटक राख्ने ठाउँ हुन्थेन।

बाटोभरी पर्यटक हिँड्थे, मस्र्याङ्दी-४ स्याँगेस्थित वाटरफुल होटलका सञ्चालक नरबहादुर गुरुङले भने, 'यो वर्ष होटल सुनसान छन्।' उनले बुकिङ गरेका पर्यटकले पनि धमाधम भ्रमण रद्ध गरेको बताए।

'पहिरोले बाटो सबै बिग्रिएको छ। पर्यटक हिलोमा गडेको, हिँडडुल गर्न अफ्टेरो भएको फोटो मिडियामा आएका छन्। यहाँ आएका पर्यटकले सूचना प्रवाह गरेका छन्, गुरुङले भने, 'आउन खोजेका पर्यटक पनि रोकिएका छन्। पदमार्ग छिटो मर्मत हुन नसक्दा पर्यटन व्यवसायी मारमा परेका छन्।'

भदौ २७ को भारी वर्षापछि बाढीपहिरोले पदमार्ग बिग्रिएको हो। अन्नपूर्ण पदमार्गको लमजुङ खण्डका सडक र पदमार्गमा पहिरो गएपछि आउजाउमा समस्या छ। धेरै पर्यटकले बाटोको जानकारी लिएरै भ्रमण रद्द गरेका छन्। फाट्टफुट्ट आएका पर्यटक पनि जोखिम मोलेर हिँडेका छन्। 

मौसममा सुधार आएमा पर्यटक आगमन बढ्ने होटल व्यवसायीको अपेक्षा छ। 'बाटो राम्रो भयो र मौसममा सुधार आएपछि पर्यटक बढ्छन्, होटल व्यवसायी बलबहादुर गुरुङले भने, 'मौसममा सुधार आयो भने पर्यटको चाप बढ्छ।'

मस्र्याङ्दी गाउँपालिका- ४ का अध्यक्ष सुमन गुरुङले पोहोरको तुलनमा यसवर्ष पर्यटक नआएको बताए। बाढीपहिरोका कारण पर्यटक आउन नसकेको उनको भनाइ थियो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कार्यालय प्रमुख बाबुलाल तिरुवाले गत वर्षको तुलनामा यसपटक भदौबाट पर्यटक आगमन घटेको बताए। 

पोखरा, काठमाडौं र बेंसीसहरमा आउने पर्यटकलाई पुरानो पदमार्ग प्रयोग गर्न सुझाव दिएको तिरुवाले बताए। विस्तारै पर्यटक आगमन बढ्ने उनले बताए। यो सिजनमा दैनिक सयभन्दा बढी पर्यटक आउनुपर्नेमा ६०-७० को संख्यामा आउने गरेको उनले बताए। 

अन्नपूर्ण पदमार्गमा मस्र्याङ्दी गाउँपालिका-३ अर्खलेबेसीदेखि-४ श्रीचौरसम्मको सडकमा पहिरो खसेको छ। बेंसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका- ३ अर्खलेबेंसीसम्मको करिब १९ किलोमिटर र मस्र्याङ्दी गाउँपालिका- ४ श्रीचौरदेखि मनाङसम्मको सडक राम्रो छ। सडक डिभिजनले सडक खुलाउने काम गरिरहेको छ। तर ठूला ठूला चट्टानसहितको पहिरो पन्छाउन अझै दुईसाता लाग्नसक्ने प्राविधिकले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.