कांग्रेस नेताको चिन्ता : दुई तिहाइले कम्युनिष्ट शासन ल्याउँदैछ

कांग्रेस नेताको चिन्ता : दुई तिहाइले कम्युनिष्ट शासन ल्याउँदैछ

वीरगन्ज : नेपाली कांग्रेसका नेताहरुले मुलुकमा कम्युनिष्ट शासन ल्याउनकै लागि दुई तिहाइको सरकार बनाइएको आरोप लगाएका छन् । वीरगन्जमा सोमबार नेपाल प्रेस युनियन पर्साको नवौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेताहरुले यस्तो बताएका हुन् ।

अधिवेशनमा सहभागी नेताहरुले सरकारलाई लोकतन्त्र धरापमा पारी कम्युनिष्ट शासन ल्याउन खोजेको आरोप लगाएका हुन् । कम्युनिष्ट शासन ल्याउन सरकार र सरकारमा रहेका दलहरुले वातावरण बनाइरहेको उनीहरुको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले संघीयतालाई असफल पारेर लोकतन्त्र धरापमा पारी कम्युनिष्ट शासन ल्याउन दुइ तिहाइको सरकार बनाइएको बताए । उनले भने, ‘न्यायलय, सुरक्षा निकाय र सञ्चार जगतमाथि हस्तक्षेप गरेर मुलुकमा कम्युनिष्ट शासन ल्याउने खेलमा वर्तमान सरकार र सत्तारुढ दल लागि परेका छन् ।’ लोकतन्त्र र संघीयता दुवै अहिले खतरामा रहेको पनि उनको टिप्पणी थियो ।

तर लोकतन्त्र मास्ने र कम्युनिष्ट शासन ल्याउने सरकारको अभिष्ट पूरा हुन नदिने नेताहरुको चेतावनी छ । कांग्रेसका अर्का केन्द्रीय सदस्य अजय चौरसीयाले पनि दुई तिहाइको सरकारको अधिनायकवाद र तानाशाही प्रबृत्तिका कारण लोकतन्त्र नै धरापमा परेको टिप्पणी गरे ।

उनले भने, ‘यो सरकारको पक्षमा दुई तिहाइ बहुमत पुर्याउनुको पछाडि अर्कै कुनै शक्तिको हात छ, त्यसको भण्डाफोर कांग्रेसले गर्छ ।’ समाचार लेखेकै कारण पत्रकारलाई थुनामा राखेको सरकारको शैलीको प्रसंग जोड्दै कांग्रेस नेताहरुले कम्इुनिष्ट शासनको अनुभुति गर्न थालेको बताएका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.