अमेरिका–चीन व्यापार युद्ध झन चर्कियो
बेइजिङ : दुई शक्तिशाली मुलुक चीन र अमेरिकाबीच व्यापार युद्ध थप चर्किएको छ । अमेरिकाले चिनियाँ वस्तुमा लगाउने भनेको कर कार्यान्वयनमा ल्याएपछि यस्तो प्रमाणित भएको हो ।
चीनले अमेरिकाको यो निर्णयलाई ‘व्यापार युद्ध चर्काउने अमेरिकाको अहिलेसम्मकै ठूलो कदम’को रुपमा बुझेको छ । चीनले असन्तुलित व्यापार गतिविधि देखाएको भन्दै अमेरिकाले चिनियाँ वस्तुमा कर बढाएको बताएको छ ।
अमेरिकाले २०० अर्ब डलर बराबरका चिनियाँ उत्पादनमा कर लगाएको हो । चीनले पनि जवाफ स्वरुप अमेरिकाबाट आयात गर्ने उत्पादित खाद्यान्न जस्ता वस्तुमा १० प्रतिशतले अतिरिक्त कर बढाएको छ।