आमासँग बोल्दा बोल्दै काटियो फोन, त्यसपछि आयो दुःखद खबर

आमासँग बोल्दा बोल्दै काटियो  फोन, त्यसपछि आयो दुःखद खबर

कुश्मा : वैदेशिक रोजगारीका क्रममा युएई पुगेका पर्वतका एक युवाको दुर्घटनामा ज्यान गएको छ । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरी खलडाँडाका २८ वर्षीय युवा यामप्रसाद रिजालको मृत्यु भएको हो । 

आफैले चलाएको सवारी दुर्घटनामा परी उनको मृत्यु भएको परिवारले जनाएको छ । भदौ २७ मा मोबाइलमा कुरा गर्दैगर्दा रिजाल दुर्घटनामा परेका थिए । 

आठ वर्षअघि रोजगारीका लागि युएईमा पुगेका रिजाल त्यहाँको व्लुराइण्ड इन्टरनेशनल कम्पनीमा होडिङबोर्ड बनाउने काममा कार्यरत थिए । पछिल्लो समयमा सवारी चालकका रुपमा काम गर्दै आएका रिजाल २७ भदौमा तीजको दिन दुर्घटनामा परेको स्थानीय गोविन्द भुसालले जानकारी दिए ।

‘तीजको दिन आमालाई फोन गरेर कुरा गर्दा गर्दै फोन काटिएको हो’ परिवारको भनाई उधृत गर्दै स्थानीय युवा गोविन्द भूसालले भने ‘त्यही बेला घटना भएको रहेछ’ कम्पनीका अनुसार उनले चलाएको सवारीलाई त्यही दिशाबाट आएको सवारीले ठक्कर दिएपछि दुर्घटना भएको हो । 

श्रीमान्को मृत्युपछि श्रीमती कोपिला रिजाल र उनका ७० वर्षीय बाबु आमासमेत छोरा गुमाएको पीडाले शोकमग्न बनेका छन् । 

मृतक रिजालको डेढ वर्षीय एक छोरा छन् । परिवारका ४ दाजुभाइमध्ये माइलो छोरा रिजालले आफ्नै प्रयासमा दाई र भाइलाईसमेत युएईमा रोजगारका लागि लगेका थिए । अहिले युएईमा रहेका तीनै दाजुभाइ रिजालको शव लिएर घर फर्किएका छन् । 

उनी काम गर्ने कम्पनीले कर्मचारीमार्फत नै रिजालको शव नेपाल पठाइदिएको थियो । तीन दिनसम्म नेपालमा रहेर कर्मचारी फर्किसकेका छन् । तत्कालका लागि केही नगरे पनि उनको परिवारका लागि कम्पनीले सहयोग गर्ने आश्वासन दिएको छ । 

यसैबीच मृतक रिजालको शुक्रबार कालीगण्डकी किनारमा घरपरिवारको उपस्थितिमा दाहसंस्कार गरिएको छ । उनको मृत्युपछि सिंगो गाउँमै शोकमग्न बनेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.