निकुञ्जलाई बाघ जोगाउनै चुनौती

निकुञ्जलाई बाघ जोगाउनै चुनौती

चितवन: विश्वमा बाघ संरक्षणमा उत्कृष्ट घोषित भई सन् २०१६ मा अन्तर्राष्ट्रियस्तरको ‘क्याट्स’ अवार्ड पाएको चितवन राष्ट्रिय निकुञ्जलाई बाघ संरक्षणमा चुनौती थपिएको छ। 

बाघ अनुगमनको प्रतिवेदनले उक्त निकुञ्जमा पाँच वर्षको अन्तरालमा २७ बाघ घटेको देखाएपछि संरक्षणमा चुनौती बढेको हो । संरक्षणकर्मी वन्यजन्तुको बासस्थान विनाश हुँदै जानु मुख्य कारण रहेको बताउँछन्। 

तुलनात्मक रूपले आत्तिहाल्नुपर्ने अवस्था नभए पनि बाघको संरक्षणमा ध्यान दिनु आवश्यक भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए। 

'चितवनको क्यामेरामा सन् २०१३को भन्दा अहिले बाघका लागि उचित वातावरण छ', खड्काले भने, 'बच्चासमेत १२, १३ वटा छन् तर विभिन्न कारणले बासस्थान नास भइरहेकाले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।'  

वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको बाघ अनुगमन प्रतिवेदनमा निकुञ्ज र आसपासका क्षेत्रमा औसत ९३ बाघ रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो। 

अनुगमनमा देशभर ३७ बाघ बढेर २३५ पुगेको पाइए पनि बाघको उपयुक्त बासस्थान मानिने उक्त निकुञ्जमा सन् २०१३ मा १२० बाट २७ बाघ घटेर ९३ मा पुगेको थियो । सन् २००९ मा नेपालमा १२१ र सन् २०१३ मा १९८ बाघ थिए । 

आफ्नो क्षेत्र खोज्दै पर्सा राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्भमा बाघ गएकाले पनि चितवनमा कम देखिएको दाबी निकुञ्ज विभागको छ । 

निकुञ्ज विभागका पर्यावरणविद् लक्ष्मण पौडेलका अनुसार अघिल्लो वर्षको साउनमा आएको बाढी, प्राकृतिक अवस्था र जुधेर पनि बाघ कम भएको अर्को कारण हुनसक्छ। 'बाघ जोगाउन बासस्थान सुधारमा ध्यान दिनुपर्छ, उनले  भने, अर्को चुनौती चोरी शिकार पनि हो', उनले भने । 
 
चितवनमा बाघको क्षमता त्यही ९० देखि १०० कै हाराहारीमा हो । सन् २०१३ मा ‘रिक्याप्चर’ विधिबाट हेर्दा अलिकति बढी सङ्ख्या देखाएको अनुमान सुनाए पर्यावरणविद् पौडेलले । 
 
निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्याल अहिले वास्तविक तथ्याङ्क आएको भन्दै तुलनात्मक रुपमा बाघ नघटेको बताए। चितवनका संरक्षणकर्मी वासु ढुङ्गाना प्राकृतिक रुपमा वन्जयन्तुको मृत्यु हुने क्रम बढेकाले यसको अनुसन्धान जरुरी रहेको बताउँछन् । 

बाघ, गैंडालगायत वन्यजन्तु नेपालकै सम्पत्ति भएको भन्दै बाघ संरक्षण उप-समितिका जिल्ला संयोजक जीतु तामाङले वन्यजन्तुको बासस्थान विनाश हुँदै गएकामा चिन्ता प्रकट गरे । सङ्ख्यामा मात्रै ध्यान दिने तर बासस्थान संरक्षणमा ध्यान नदिँदा बाघको सङ्ख्या घटेको तामाङको भनाइ छ । 

निकुञ्जमा भएको बासस्थानको समस्याले विस्तारै बाघ, गैँडालगायत वन्यजन्तु सामुदायिक वनतर्फ आउन थालेका संरक्षणकर्मीले बताए । चराविज्ञ तथा संरक्षणकर्मी टीका गिरीले बेलैमा वन्यवन्तुको बासस्थान संरक्षणमा ध्यान नदिने हो भने संरक्षणमा अझै चुनौती थपिने बताए । 

विश्वका १३ देशमा मात्रै बाघ पाइन्छ । विश्वका नौ प्रजातिका बाघमध्ये तीन प्रजाति लोप भइसकेका छन् । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.