क्रोएसियाका लुका मोड्रिच फिफा वर्ष खेलाडी

क्रोएसियाका लुका मोड्रिच फिफा वर्ष खेलाडी

काठमाडौँ : क्रोएसियाका प्रतिभावान फुटबलर लुका मोड्रिच सन् २०१८ को फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । मोड्रिचले यो उपाधि जितेसँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीबीचको साम्राज्य पनि तोडिएको छ ।

लण्डनमा भएको वर्ष खेलाडी घोषणा कार्यक्रममा ३३ वर्षीय मोड्रिचले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै उक्त उपाधि उचाल्न सफल भएका हुन् । 

मोड्रिचको कप्तानीमा क्रोएसियाले रसियामा यही वर्ष सम्पन्न विश्वकप फुटबल प्रतियोगितामा फाइनलसम्मको यात्रा तय गरेको थियो । मोड्रिचले रसिया विश्वकपका सर्वोत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल पनि जितेका थिए ।

फाइनलमा फ्रान्ससँग पराजित भए पनि क्रोएसियाले विश्व फुटबलका शक्तिशाली टिमहरुलाई हराउँदै लोभ लाग्दो यात्रा तय गरेको थियो । यो लोभलाग्दो यात्राका क्रममा एउटा नायक थिए मोड्रिच । 

स्पेनिस क्लब रियल मड्रिडबाट व्यसायिक फुटबल खेल्दै आएका मोड्रिच मिडफिल्डबाट स्ट्र«ाइकरलाई बल पास गर्ने मेशिन नै मानिन्छन् । अर्कातिर उनी आफैँ पनि जुनसुकै बेला विपक्षी पोस्ट्मा धावा बोल्न माहिर फुटबलर हुन् ।

मोड्रिचको प्रेरणामा स्पेनिस क्लब रियल मड्रिडले यो वर्षसहित लगातार तीन पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । सन् २०१७÷१८ सिजनको च्याम्पियन्स लिग उपाधि जित्ने क्रममा रियलले लिभरपुललाई पराजित गरेको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.