ब्राजिलियन फुटबलर मार्टा महिलातर्फ वर्ष खेलाडी

ब्राजिलियन फुटबलर मार्टा महिलातर्फ वर्ष खेलाडी

काठमाडौँ : ब्राजिलकी चर्चिच फुटबलर मार्टा महिलातर्फ सन् २०१८ को फिफा वर्ष खेलाडी बन्न सफल भएकी छन् । विश्व फुटबल महासंघ (फिफा) ले लण्डनमा आयोजना गरेको एक विषेश समारोहमा मार्टालाई महिलातर्फ फिफा वर्ष खेलाडी घोषित गरिएको हो । 

सन् १९८६ मा जन्मिएकी मार्टा भिएर डि सिल्भा अमेरिकाको ओर्लान्डो प्राइड क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् । 

फिफा महिला विश्वकप फुटबलमाा सर्वाधिक ६ गोलको कीर्तिमान लेखाउन सफल उनलाई फुटबल खेल्नकै लागि जन्मिएकी महिला पनि भनिन्छ । 

सन् २०१८ को फिफा वर्ष खेलाडी बनेकी उनी यस उपाधिका लागि यसअघि ६ पटकसम्म नोमिनेशनमा पर्दै अन्तिम तीनसम्म् पुगेकी थिइन् । मार्टाले यो उपाधि सन् २०१० यता पहिलो पटक जितेकी हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.