नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानको आत्मसंस्मरण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानको आत्मसंस्मरण

 नेपालगन्ज : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लेखबहादुर (एलबी) क्षेत्रीले आत्मसंस्मरण लेखेका छन्। बाँके जिल्लाको कोहलपुर नगरपालिका– १० शान्ति टोल निवासी क्षेत्रीले लेखेको आत्मसंस्मरणमा नेपालगन्जको क्रियटिभ बुक्सले पुस्तक प्रकाशन गर्दैछ। सोमबार नेपालगन्जमा सञ्चारकर्मीसँगको भेटमा पूर्वकप्तान क्षेत्रीले नेपाली क्रिकेटको इतिहास जान्नका लागि पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘नेपाली क्रिकेटसम्बन्धी यो नै पहिलो पुस्तक हुनेछ। जसमा बाँकेको क्रिकेट इतिहास र महिला क्रिकेटको विषयमा पनि धेरै कुरा समावेश गरिएका छन्।’

सन् १९९६ मा नेपाली क्रिकेट टोलीले मलेसियामा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा क्षेत्री टोलीका उपकप्तान थिए। उनी सन् १९९८ मा राष्ट्रिय टोलीका कप्तान बनेका थिए।

क्षेत्रीले क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नम्बर ५ को अध्यक्ष हुँदा नेपालमा महिला क्रिकेटको सुरुआत गराएका थिए। उनी २०६१ सालदेखि सुरु भएको छात्रा क्रिकेटको परिकल्पनाकार पनि हुन्। अहिले उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानलाई चलायमान गराउन बनाएको स्वतन्त्र समूहको सदस्यको भूमिकामा छन्।

यी सबै भोगाइ र अनुभवलाई क्षेत्रीले आफ्नो आत्मसंस्मरणमा समेटेका छन्। क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले एक महिनाभित्रै पुस्तक सार्वजनिक गरिने जानकारी दिए। ‘नेपाली खेलप्रेमीका लागि यो पुस्तक निकै उपयोगी सिद्ध हुनेछ। यो नेपाली खेलकुदको ऐतिहासिक दस्तावेज पनि बन्नेछ। अबको एक महिनाभित्रै पुस्तक सार्वजनिक गरिनेछ’, ठकुरीले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.