माल्दिभ्सका राष्ट्रपतिमा इब्राहिम विजयी

माल्दिभ्सका राष्ट्रपतिमा इब्राहिम विजयी

माले : माल्दिभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन अब्दुल गयुम आश्चर्यजनक रूपमा पराजित भएका छन् ।

निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८.३ प्रतिशत मत प्राप्त गरेका छन् । निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दीभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का समर्थकहरूले सडकमा खुशीयाली मनाउँदै नाचगान शुरु गरेका छन् ।

सोलिहको पक्षमा विपक्षीहरूले गठबन्धन निर्माण गरी चुनावी प्रचारमा उत्रिएका थिए । राष्ट्रपति यामीनले सञ्चारमाध्यममाथि लगाएका प्रतिबन्धले चुनावमा धाँधली हुने आशंका व्यक्त गरिएको थियो । आइतबार सम्पन्न चुनावमा धेरैजसो विपक्षी नेताहरू जेलमा वा निर्वासनमा रहेका कारण सोलिह बाहेक अन्य विपक्षी नेताहरू चुनावी मैदानमा थिएनन् । निर्वाचनमा विजयी घोषित नवनिर्वाचित राष्ट्रपति सोलिहले टेलिभिजन अन्तर्वार्तामा भने, ‘म जनताको इच्छालाई सम्मान गर्न राष्ट्रपति यामीनसँग आग्रह गर्दछु र सत्ताको शान्तिपूर्ण, सहज हस्तान्तरण हुने अपेक्षा गर्दछु ।’ उनले निर्वाचनको परिणाम प्रसन्नता, आशा र इतिहास निर्वाण गर्ने दिन भएको भन्दै हर्ष प्रकट गरे ।

उनले राजनीतिक बन्दीहरूलाई तत्काल जेलमुक्त गर्न पनि आग्रह गरे । चुनावको केही घण्टाअघि एमडीपी समेत विपक्षी दलहरूका कार्यालयमा प्रहरीले छापा मारेको थियो तर कसैलाई पक्राउ गरिएको थिएन । पूर्वराष्ट्रपति समेत रहेका एमडीपीका अध्यक्ष मोहमद नसीदले यो मतदानले मुलुकलाई लोकतान्त्रिक मार्गमा पुनः ल्याउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति यामीनले हार स्वीकार गर्नुबाहेक अर्को विकल्प नरहेको पनि उनको भनाइ छ । मोहमद नसीद हाल निर्वासनमा छन् ।

माल्दिभ्समा राष्ट्रपतिको निर्वाचन परिणामको औपचारिक घोषणा हुनुभन्दा केही क्षणपूर्व राष्ट्रपति अब्दुल्ला यामीन अब्दुल गयुमले आफ्नो पराजय स्वीकार गरेका छन् । विपक्षी उम्मेदवारले ५८.३ प्रतिशत मत पाएपछि यामीनले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले भने, ‘मैले हिजो भएको निर्वाचनको परिणाम स्वीकार गरेको छु । म पराजित भएको छु । म सत्ता शान्तिपूर्ण तरिकाले हस्तान्तरण गर्ने सुनिश्चितता गर्छु ।’ निर्वाचनमा आफ्नो पराजय अस्वीकार गर्न सक्ने आशंका बढेका बेला आएको उनको यस्तो प्रतिबद्धता आएको हो । ‘माल्दिभ्सका जनताले आफूले चाहेको निर्णय गरेका गरेका छन् । मैले आजै विपक्षी नेता इब्राहिम सोलिहलाई भेटेँ । जनताबाट राष्ट्रपतिमा निर्वाचित उनलाई मैले बधाई दिएँ ।’ आफूले १७ नोभेम्बरसम्म राष्ट्रपतिको काम गर्ने स्पष्ट पारेका छन् ।

यो निर्वाचनलाई चीन र भारतले महत्वका साथ हेरिरहेका छन् । अमेरिका र युरोपेली युनियनले चुनाव स्वतन्त्र र स्वच्छ रूपमा सम्पन्न नभए आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । माल्दिभ्समा यस चुनावमा २ लाख ६२ हजार मतदाता रहेका थिए ।

माल्दिभ्सको आन्तरिक मामिलामा विगतमा निकै प्रभावी रहेको भारतले सन् १९८८ मा सम्भावित सत्ताविद्रोह दबाउन सेना र युद्धपोत पठाएको थियो । भारतले चुनावी नतिजाले लोकतान्त्रिक मूल्यमान्यतालाई पुनर्बहाली गर्ने विश्वास लिएको छ । पछिल्ला वर्षहरूमा राष्ट्रपति यामीनलाई चीनसँग नजिकिएको आरोप लाग्दै आएको थियो । माल्दिभ्सका ठूला पूर्वाधार परियोजनाका लागि उनले चीनबाट करोडौं डलर ऋण प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.