दमौलीमा माइक्रो र बस ठोक्किँदा दुईको मृत्यु, चार घाइते
दमौली : म्याग्दे गाउँपालिकाको मनहरिस्थित पृथ्वी राजमार्गमा माइक्रो र बस ठोकिँदा दुईजनाको मृत्यु भएको छ। घटनामा परी चारजना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा व्यास ११ निवासी ३५ वर्षीया सरस्वती कुँवर र अर्की परिचय नखुलेकी अन्दाजी २८ वर्षीया युवती रहेका छन्।
उनीहरु दुवैलाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो। अस्पताल पुर्याउन नपाउँदै दुवैजनालाई चिकित्सकले मृत्यु घोषणा गरेका थिए। घटनामा घाइते माइक्रोका चालकसहित चारजनाको पोखरामा उपचार भैरहेको छ। मृतक तथा घाइते दुवै माइक्रोका यात्रु र चालकसमेत रहेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए।
दमौलीबाट पोखरा जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोले मंगलबार बिहान पोखराबाट सुनौली जाँदै गरेको लु १ ख ४१९७ नम्बरको यात्रुबाहक बसलाई ठक्कर दिएको थियो।