रामेछापमा आपराधिक गतिविधि बढ्यो

रामेछापमा आपराधिक गतिविधि बढ्यो

मन्थली : रामेछापमा पछिल्लो समय आपराधिक गतिविधि बढेका छन्। पछिल्लो एक महिनाको अवधिमा जिल्लाका विभिन्न तीन स्थानमा भएका आपराधिक घटनामा एक जनाले ज्यान गुमाएका छन् भने तीनको गम्भीर अवस्थामा उपचाररत छन्।

भदौ १० गते साँझ मन्थली मच्छीडाँडीस्थित घरमा आराम गरिरहेको बेला जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि अज्ञात व्यक्तिले छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएका सुवेदीलाई धुलिखेल अस्पतालमा उपचार गरिएको थियो। उनको स्वास्थ्य अझैसम्म साधारण अवस्थामा आउन सकेको छैन।

आक्रमणको २९ दिन पूरा भइसक्दा पनि अपराधी सार्वजनिक गर्न नसकेको भन्दै पीडितकी पत्नी कविता सुवेदी र वडाध्यक्ष नारायणदास श्रेष्ठ सहितको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई ज्ञापन पत्रसमेत बुझाइसकेको छ।

रामेछाप नगरपालिका ७ रजरगाउँमा १३ वर्षीया किशोरीले ६५ वर्षीय एक वृद्धको हत्या गरिन्। भदौ २८ गते जबरजस्ती गर्न खोजेको भन्दै किशोरीले रड प्रहार गरेर ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको हत्या गरेको प्रहरीको भनाइ छ। नातामा आफ्नै हजुरबुबा पर्नेलाई आफूले रड प्रहार गरेर आएको भन्दै किशोरीले रामेछाप प्रहरीसमक्ष आत्म समर्पण गरेकी थिइन्। घटनाको अनुसन्धान टुंगिएकै छैन।

असोज ६ गते चोरको आरोपमा झगडा हुँदा लिखु तामाकोसी गाउँपालिका ५ घ्याङडाँडामा छुरा प्रहार भएको थियो। प्रहारबाट जयबहादुर लामा र कर्मलाल लामा गम्भीर घाइते भए। धुलिखेल अस्पतालमा उपचार भइरहेका उनीहरूको पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार छुरा प्रहार गर्ने महेश लामालाई छुरासहित पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरी प्रशासन अनुसन्धानमा मात्र सीमित हुँदा आपराधिक घटना बढिरहेका छन् भने रामेछापबासी त्रसित बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.