सुष्मा स्वराजसँग ट्रम्पले भने, ‘इन्डियासँग मेरो प्रेम छ’
वासिङ्टन : रसियासँग व्यापारिक सम्झौताबाट चिढिँदै भारतमाथि कारवाही गर्ने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँगको मित्रता झल्काउन अर्को अभिव्यक्ति दिएका छन् ।
संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन अमेरिका पुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा ट्रम्पले भारतलाई माया गर्ने बताएका छन् ।
उनले अघि भनेका छन्, ‘नरेन्द्र मोदी मेरा मित्र हुन् ।’ महासभा अन्तरगत ड्रग्स विरोधी एक कार्यक्रममा भारतीय विदेशमन्त्री सुष्मा र ट्रम्पबीच भेटवार्ताको क्रममा ट्रम्पले यस्तो बताएका हुन् ।
अघिल्लो दिन मात्रै ट्रम्प प्रशासनले भारतलाई चेतावनी दिँदै रसियासँग व्यापार सम्झौता नगर्न दबाव दिएको थियो । केही दिनअघि ट्रम्प्ले भारतबाट अमेरिकाले केही नपाइराखेको भन्दै आक्रोश व्यक्त गरेका थिए।