ओखरपौवामा टिपरले वृद्धलाई किच्यो

ओखरपौवामा टिपरले वृद्धलाई किच्यो

नुवाकोट : ओखरपौवामा टिपरले किचेर स्थानीय वृद्धको ज्यान गएपछि मंगलबार दिनैभर नुवाकोटको सिसडोल क्षेत्र तनावग्रस्त भएको छ। घटनाको विरोध गर्दै स्थानीयबासीले सडकमार्ग ठप्प पारेपछि खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो। 

स्थिति असामान्य भएपछि प्रहरीले हवाई फायर गरेको थियो। प्रहरीले ६ राउण्ड हवाई फायर गरेको स्थानीयबासीले जानकारी दिए। मृतकका परिवारलाई क्षतिपू्र्ति दिने सहमतिपछि अपरान्हदेखि सिसडोल शान्त भएको हो। 

सदरमुकाम विदुरदेखि ५० किलामिटर पूर्वमा रहेको ककनी गाउँपालिका-२ सिसडोलमा टिपरले सोमबार राति बाटोमा हिँडिरहेका स्थानीय वृद्धलाई किच्दा उनको घटनास्थलमै ज्यान गएपछि मृतकका आफन्त तथा स्थानीयले यातायात बन्द गर्नुका साथै तिनपिप्ले-सिसडोल सडकखण्ड ठप्प पारेका थिए।

सिसडोलबाट तिनपिप्लेतर्फ जाँदै गरेको वा३ ख ३७३० नम्बरको ढुंगा बोक्ने टिपरले ककनी गापा - १ कागतीगाउँका ६० वर्षीय शेरबहादुर बलामीलाई किचेपछि उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

घटनालगत्तै स्थानीयवासीले सडकमार्ग अवरुद्ध गरेपछि क्षतिपूर्ति दिने सहमतिपछि सडकमार्ग सुचारु गरिएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराइले जानकारी दिए । गाडीधनीले मृतक शेरबहादुर बलामीका परिवारलाई २१ लाख रुपैयाँ राहत दिने सहमतिपछि घटनास्थलबाट शव उठाइएको छ। 

क्षतिपूर्ति पाउने सहमति भएपछि मृतकको शव उठाएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टम गरिएको छ। सहमतिपछि यातायात सुचारु भएको नुवाकोट प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.