निर्मला बलात्कार-हत्या प्रकरण : गुपचुप बुझाइयो प्रतिवेदन

निर्मला बलात्कार-हत्या प्रकरण : गुपचुप बुझाइयो प्रतिवेदन

 काठमाडौं : निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिले गुपचुपमा प्रतिवेदन बुझाएको छ। समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई बाहिरै राखेर समिति संयोजक हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदनमा प्रहरीका कमजोरी औंल्याइएको स्रोतले जनाएको छ। प्रतिवेदनले गम्भीर प्रकृतिका घटनामा तत्कालै प्रहरीले ‘एक्सन’ नलिँदा घटनाले ठूलो रूप लिएको उल्लेख छ। समितिका एक सदस्यले भने, ‘निर्मला बलात्कारपछि हत्याको अनुसन्धानमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टले चासो नदेखाउनुले घटनाबारे उनी पूर्व जानकार रहेको हुन सक्ने आशंका व्यक्त गरिएको छ।’

विष्टमाथि अनुसन्धान गर्दा थप प्रमाण फेलापर्नेमा ढुक्क हुन सकिने समितिले यकिन गरेको छ। समिति संयोजक मैनाली भने प्रतिवेदनबारे बोल्न मानेनन्। उनले भने, ‘मैले प्रतिवेदन बुझाएँ। प्रतिवेदन भित्र के छ, त्यो मैले बोल्न मिल्दैन।’

समितिले निर्मला हत्यापछि कञ्चनपुरमा दोषीलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा ‘राजनीतिक घुसपैठ’ भएको निक्र्यौल गरेको छ। ‘प्रहरीले घटनालाई सामान्य रूपमा लिनु, पीडित पक्षले आरोप लगाएका व्यक्तिमाथि प्रहरी गम्भीर नहुनुले प्रहरीको कामकारबाही शंकाको घेराभित्र छ, थप अनुसन्धान हुनुपर्छ,’ प्रतिवेदनबारे स्रोतले भन्यो, ‘आरोपी व्यक्तिलाई अभियुक्त बनाएर मुख्य अभियुक्त उम्काउन खोजेको देखियो।’

प्रतिवेदनले बलात्कारपछि हत्या जस्तो गम्भीर र संवेदनशील घटनाका पीडितलाई समयमै सम्बन्धित पक्षले सम्बोधन नगर्दा घटनाले उग्ररूप लिएको ठम्याइ गरेको छ। ‘प्रहरीले जनविश्वास गुमाएपछि न्याय खोज्न जाने सर्वसाधारणले सरकारको ध्यानाकर्षणका लागि सडकमा आउनु स्वाभाविकै हो,’ प्रतिवेदनमा भनिएको छ, ‘प्रहरी चुक्नु भएन।’

समितिले प्रतिवेदनमा प्रहरी कार्यालयमा सुपरीवेक्षण अभाव रहेको खुलाएको छ। एसपी विष्ट विवादित व्यक्ति हुँदाहुँदै जिल्लाको इन्चार्ज बनाएर पठाउँदा किन ख्याल गरिएन भनेर प्रश्न उठाएको छ।

अरोपित व्यक्ति खडा गर्दा भने-सुनेको आधारमा भन्दा प्रमाणमुखी हुनुपर्नेमा प्रहरी चुकेको प्रतिवेदनमा उल्लेख छ। प्रहरीले दिलिपसिंह विष्टलाई नै मुख्य अभियुक्त भनेर सार्वजनिक गरेको थियो। निर्मलाको भेजिनल स्वाबसँग विष्टको डीएनए नमिलेपछि उनी छुटेका हुन्।

घटनास्थललाई सुरक्षित नगर्दा प्रमाणहरू गायब हुने जानकारी हुँदाहुँदै पनि प्रहरी लापरबाही देखिएको प्रतिवेदनमा छ। प्रमुख जिल्ला अधिकारीको आदेशबबिनै एसपी विष्टले गोली चलाएको निष्कर्ष पनि प्रतिवेदनले दिएको छ।

समितिले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कासँग सोधपुछ गर्दा उनले ‘एसपी विष्टले फोन नउठाएको र गोली नचलाउन सन्देश पठाएपनि स्वीकृति बिना नै गोली चलाएको’ बताएको जनाएको छ।

प्रतिवेदन बुझेपछि गृहमन्त्री थापाले समितिले औंल्याएका सुझाव पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। समिति भदौ ७ गते गठित गठन भएको थियो।

गत साउन १० गते साथीको घर गएको बेला कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको थियो। गृहले तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी विष्ट, डिएसपीहरू ज्ञानबहादुर सेट्टी, अंगुर जीसी, प्रहरी निरिक्षकहरू जगदीश भट्ट, एकेन्द्र खड्का र असई रामसिंह धामीलाई निलम्बन गरेको गरिसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.