पाँच करोडको आलु बिक्री

पाँच करोडको आलु बिक्री

त्रिशूली : हिमाली भेगमा उत्पादित आलुप्रति सर्वसाधारणको आकर्षण बढिरहेको छ । रसुवाको उत्तरपश्चिमी भेगमा रहेको गत्लाङका किसानले उत्पादन गरेको आलुले निकै राम्रो बजार पाएको छ । रसुवाको सदरमुकाम धुञ्चेबाट ३५ किलोमिटर दुरीमा रहेको गतलाङमा भ्रमणका लागि आन्तरिक तथा बाह्य पर्यटक जाने गरेकोमा आफन्तलाई कोसेलीको रूपमासमेत आलु खरिद गरी लैजाने गरेका छन् ।

गतलाङमा यस वर्ष मात्र पाँच करोड रुपैयाँभन्दा बढीको आलु उत्पादन भएको स्थानीयबासी लाक्पासिङ लामाले बताए । आलुको मूल्य प्रतिकिलोग्राम २४ रुपैयाँ छ । स्थानीयवासीले रसुवाको धुन्चे, स्यानफ्रुबेसी, कालिकास्थान, नुवाकोटको विदुर, बट्टार, त्रिशूलीका साथै विभिन्न व्यापारिक केन्द्रमा आलु बिक्री गर्ने गरेका छन् ।

आलु त्यहाँको प्रमुख बाली हो । गतलाङ तामाङ समुदायको उल्लेख्य बसोबास रहेको स्थान हो । गतलाङका किसानले आलु बिक्री गरेर आएको आम्दानीले बालबालिकालाई अध्ययन गराउनुका साथै चामल, नुन, तेल र मसलालगायत दैनिक उपभोग्य सामग्री खरिद गरी जीविकोपार्जन गर्दै आएका छन् । स्थानीय चार सय घरपरिवारले तरकारी तथा पशुपालनबाट जीविकोपार्जन गर्दै आएका छन् ।

गत वर्ष एक करोड ५० लाखभन्दा बढीको चौंरीगाईको दूध, दुई करोड रुपैयाँ बराबरको सिमी तथा १० करोडको कृषि उपज बिक्री गर्ने गरेको स्थानीयबासी रुपसिङ तामाङले बताए । आमाछोदिङमो गाउँपालिकाको गतलाङ क्षेत्रमा होमस्टेसमेत सञ्चालन गरिएको छ ।

होमस्टेबाट स्थानीयले स्वरोजगारका साथै स्वदेशी तथा विदेशी पर्यटकबाट राम्रै आम्दानी गरिरहेको वाङ्छु तामाङ बताउँछन् । गत्लाङमा आलुका साथै हिमाली सिमी पनि उत्पादन हुने गरेको छ । काठमाडौंदेखि सहजै यातायातमा पुग्न सकिने गतलाङका बासिन्दालाई स्थानीयस्तरमा उत्पादित कृषि उपज तथा होमस्टेको आयले जीविकोपार्जनमा निकै सहजता गरेको छ । स्थानीयबासी पेम्वाछिरिङ तामाङकाअनुसार तरकारी खेतीका साथै गतलाङबासीले पुरानो पेसा भेडापालन र चौंरीपालन पनि गरिरहेका छन् ।

पर्यटकीय पार्वतीकुण्ड नजिक दुग्ध विकास संस्थानको चिज उत्पादन केन्द्रसमेत रहेको छ । केन्द्रले प्रतिलिटर ७० देखि ८० रुपैयाँमा स्थानीय किसानसँग चौंरीगाईको दूध खरिद गर्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.