बैतडीमा आगलागीबाट घर जलेर नष्ट, करिब ८ लाखको क्षति

बैतडीमा आगलागीबाट घर जलेर नष्ट, करिब ८ लाखको क्षति

बैतडी : बैतडीको दोगडाकेदारमा मंगलबार राति आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ। दोगडाकेदार गाउँपालिका- ३ श्रीकोटस्थित बिष्टटोलका वीरभानसिंह विष्टको घर जलेर पूर्णरुपमा नष्ट भएको हो।

राति १ बजेतिर भएको आगलागी बुधबार बिहान ४ बजे मात्रै नियन्त्रणमा आएको बताइएको छ। आगलागी स्थानीय बासिन्दा र खोचलेक प्रहरी चौकीको सहायतामा नियन्त्रणमा लिइएको हो। विष्टको ६ कोठे घर तथा सरसमान जलेर नष्ट हुँदा करिब ८ लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ। 

आगलागीबाट कुनै मानवीय क्षति भने नभएको खोचलेक प्रहरी चौकीका प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए । उनले भने, 'आगलागी हुँदा घरमा कोही नभएकाले मानवीय क्षति भएन्। घर पूर्ण रुपमा जलेको छ। विद्युत सर्टभइ आगलागी भएको अनुमान गरिएको छ।'


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.