१० वर्षीया बालिका हत्या अभियोगमा छिमेकी पक्राउ

१० वर्षीया बालिका हत्या अभियोगमा छिमेकी पक्राउ

पोखरा : आफ्नै छिमेकी १० वर्षीया बालिका श्रेया सुनारको हत्या आरोपमा कास्की प्रहरीले पोखरा २२ पुम्दीभुम्दीका २७ वर्षे कुसुम पौडेललाई पक्रेको छ। मंगलबार बिहान श्रेया आफ्नै घरनजिकको झाडीमा मृत फेला परेकी थिइन्। सोमबार स्कुलबाट आएर ५ मिनेट टाढाको पसलमा बिस्कुट किन्न हिँडेकी उनी नफर्केपछि खोजी भएको थियो। भोलिपल्ट उनको खोजी गरिदिन आफन्तले प्रहरीमा निवेदन लेख्दालेख्दै स्थानीयले शव देखेका थिए।

प्रहरीले स्थानीयलाई शव हेर्न दिई मंगलबारै पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो। स्थानीयले बलात्कारपछि हत्याको शंका गरेका छन्।

तर वडा प्रहरी कार्यालय बैदाम पोखराका प्रमुख डीएसपी नवीन कार्कीले पोस्टमार्टम रिपोर्ट नआइसकेको बताए। हत्या भएको भन्नेचाहिँ प्रहरीकै प्रारम्भिक अनुसन्धानले देखाइसकेको छ।

हत्या आरोपमा पक्राउ परेका पौडेलले अभियोग स्वीकारेको प्रहरी स्रोत बताउँछ। तालिमप्राप्त र अनुसन्धानमा सहयोग गर्ने कुकुर लिएर घटनास्थल गएको प्रहरीले उसकै संकेतका आधारमा ४ जनालाई मंगलबार साँझ पक्रेको हो। तिनैमध्येका एक पौडेलले हत्या स्वीकारेका हुन्।

रक्सीले मात्तिएपछि बालिकालाई नियन्त्रणमा लिएर हत्या गरेको उनले प्रहरीलाई प्रारम्भिक बयानमा बताएको स्रोत बताउँछ।

अनुहार र शरीरका विभिन्न भागमा चोटैचोट लागेको अवस्थामा श्रेयाको शव भेटिएको थियो। ढुंगाले हानेर चोट लागेको उनको शरीरका लुगासमेत आधा खोलिएको अवस्थामा शव भेटिएको हुँदा स्थानीयले बलात्कापछि हत्या भएको लख काटेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.