आफ्नै शरीरलार्इ विनिन्न रुपमा ढाल्ने आर्टिस्ट
एक मेकअप आर्टिस्ट। जो आफ्नो शरीरलाई रंग्याउँछिन्। शरीर रंग्याएर सर्वसाधारणमा भ्रम पैदा गर्छिन्। उनको शरीरलाई हेर्दा यो ‘रियल’ हो कि ‘फेक’ हो भनेर छुट्ट्याउनै गाह्रो हुन्छ। उनै आर्टिस्टको नाम हो, मिर्जना मिलोसेभिक। सर्बियन आर्टिस्ट मिर्जना आफूलाई ‘स्किन इलुजनिस्ट’ भन्न रुचाउँछिन्। उनले रंग्याएको आफ्नै शरीर हेर्दा थाहा पाइन्छ, उनी किन आफूलाई भ्रम पैदा गर्ने मान्छेको रूपमा चिनाउँछिन्।
भ्रम पैदा गर्न मिर्जनाले आफ्नो शरीर मेकअप गर्छिन्। मेकअप गरेर बडीलाई विभिन्न आकारप्रकारमा ढाल्छिन्। उनको भनाइ छ, ‘म मेरो शरीरलाई यसरी रंग्याउँछु जसलाई सर्वसाधारणहरूले वास्तविकतामा देख्न पाउँदैनन्।’
शरीर रंग्याउन उनलाई केही घन्टा लाग्छ।आफ्नै शरीरलाई रंग्याउन कम्ती गाह्रो छैन। त्यो पनि ऐनामा हेरेर रंग्याउनु पर्छ। ऐनामा हेर्दा विपरीततिर रहेको आफ्नो शरीरलाई मेकअप गर्न एकदमै कठिनाइ पर्ने बताउँछिन् मिर्जना। त्यस्तै, यस्तै च्यालेन्जहरू अरू पनि छन्। मेकअप गरिसकेपछि सफल र उत्कृष्ट रूपमा मानिसहरूमा भ्रम पैदा गर्न लामो समयसम्म हलचल नगरी बस्नुपर्छ। सन् २०१६ मा मिर्जनाले अन्तर्राष्ट्रिय ‘एनवाइएक्स फेस अवार्ड’ नै प्राप्त गरेकी थिइन्।