मर्स्याङ्दीले तातोपानी कुण्ड बगाउँदा नुहाउनेलाई समस्या

मर्स्याङ्दीले तातोपानी कुण्ड बगाउँदा नुहाउनेलाई समस्या

बेसीसहर : मस्र्याङ्दीको तीरमा भुलभुल उम्लिने पानी। तीरमै जोडेर बनाइएको थियो कुण्ड। मस्र्याङ्दी गाउँपालिका-६ बाहुनडाँडामा रहेको यही कुण्डमा जाडो लागेपछि थामिनसक्नुको भीड हुन्थ्यो। वरपर मात्र हैन, जिल्लाबाहिरबाट पनि मानिस नुहाउन पुग्थे। 

अन्नपूर्ण पदमार्गमै रहेकाले स्वदेशीसँगै विदेशीको पनि रोजाइमा परेको थियो, कुण्ड।यसको प्रवद्र्धन गरेर पर्यटन विकास गर्ने गाउँपालिकाले योजना बुनेको थियो। पहिचान बनाउँदै गएको तातोपानी कुण्ड क्षणभरमै नामेट भयो। गत भदौ २७ मा मस्र्याङ्दीमा आएको बाढीले कुण्ड बगायो। यहाँ बनाइएका लाखौंका संरचना पनि कुण्डसँगै भत्किए। 

'बाढीले सबै संरचना बगायो। कुण्ड खण्डहरजस्तै बनेको छ', मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले भने, 'नुहाउने सिजनमै ठूलो क्षति पुग्यो।' गुरुङकाअनुसार मस्र्याङ्दी तीरमा लगाइएको 'रिपेरिङ वाल', रेलिङ, कुण्डलगायतका संरचना बाढीले लगेको छ। 'मुल र कपडा फेर्न बनाइएको घर मात्रै बचेको छ। नुहाउने कुण्ड छैन्। जाने बाटो पनि छैन्।' अध्यक्ष गुरुङले भने।

कुण्ड व्यवस्थित गर्न गतवर्ष गाउँपालिकाले ५ लाख रुपैयाँ खर्च गरेको थियो। त्यसअघि तत्कालिन जिल्ला विकास समिति, पर्यटन विकास समितिलगायतले कुण्ड व्यवस्थापनमा लाखौँ खर्चेका थिए। 'कुण्ड व्यवस्थापनमा सरकारसँगै स्थानीय पनि लागिपरेका थियौँ। गाउँलेको लाखौँ रकम र पसिना भिजेको छ', स्थानीय विष्णु घिमिरेले भने, 'यत्रो लगानी क्षणभरमै नामेट भयो। अब कसरी बनाउने ?'

कुण्ड व्यवस्थापनमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ विनियोजन गरेको छ। यो रकमबाट कुण्ड थप व्यवस्थापन गर्ने योजना बनाइएको थियो। तर, बाढीले सबै संरचना बगाएपछि यो रकम मर्मतमा खर्च गरिने भएको छ। 'प्रदेशको बजेट परेकाले यो वर्ष हामीले बजेट छुट्टाएका थिएनौ। जगतको कुण्डलाई बजेट राखिएको थियो', उपाध्यक्ष होमबहादुर विश्वकर्माले भने, 'त्यहाँपनि क्षति पुर्‍याइको छ। बजेट नपुग्ने भयो।'

गाउँपालिकामा भदौ २७ मा बाढी पहिरो चल्दा ५ जनाको ज्यान गएको थियो। विपद्मा परि ११ घाइते भए। दर्जनौ घर पुरिए। माछा र बाख्रा फार्म बगायो। बाढी पहिरोबाट करोडौँको क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ सापकोटाले बताए।
    
तातोपानी कुण्डमा विशेषगरी छालासम्बन्धी र बाथका रोगीहरु नुहाउन आउने गर्छन् । यो कुण्ड सदरमुकाम बेंसीसहरबाट २० किलोमिटर उत्तरमा मस्र्याङ्दी नदीको किनारमा पर्छ। बाहुनडाँडाको फेदीमा रहेको ठूलो पहरोबाट तातोपानीको मुल निस्किएको छ। उमालेकोजस्तो तातो पानीमा अण्डासमेत उसिनेर खान सकिने स्थानीय बताउँछन्।

मस्र्याङ्दी नदीको किनारमा तीनवटा पोखरी बनाइएको थियो। एकपटकमा २० जनासम्म नुहाउन सकिन्थ्यो। बेंसीसहरबाट खुदी, भुलभुले र अर्खले बेंसीसम्म मोटरमा गएर त्यहाँबाट मस्र्याङ्दी नदी तरी तातोपानी कुण्डमा पुग्न सकिन्छ। दैनिक सयौं संख्यामा नुहाउनेको भीड लाग्ने गरेपनि कुण्ड बाढीले बगाएपछि यो वर्षको जाडोमा नुहाउन समस्या हुने भएको छ।      


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.