आँखाहरू ‘पज’ हुने सुरेलिस्टिक पेन्टिङ

आँखाहरू ‘पज’ हुने सुरेलिस्टिक पेन्टिङ

काठमाडौं : भिजुअल एक्सप्रेसन २०१८ को पेन्टिङ कम्पिटिसनमा विद्यमान तामाङ (२५)को पेन्टिङले सबैलाई उछिन्यो। कलेजबीच भएको पेन्टिङ कम्पिटिसनमा ५० जना कलाकारले भाग लिएका थिए। ‘एन इन्टर कलेज पेन्टिङ कम्पिटिसन एन्ड एक्जिबिसन’ले आयोजना गरेको प्रतिस्पर्धामा प्रकृति, संस्कृति र सामाजिक मुद्दा बढी उठान गरिएको थियो। विद्यमान अचम्म मान्दै भन्छन्, ‘मलाई त मेरो पेन्टिङ खासै राम्रो लागेको थिएन तर खै कसरी पो जितेँ।’

तीन वर्ष अगाडिको कुरा हो, विद्यमान साथीसँगै जंगलमा बसेर पढ्दै थिए। भूकम्पका कारण उनी पढ्दै आएको ललितकला क्याम्पस भत्किएको थियो। स्नातक दोस्रो वर्षका लागि पेन्टिङ बनाउनुपर्ने भयो। विद्यमानले के बनाउने भन्ने पनि सोचेका थिएनन्। यत्तिकैमा उनको दिमागमा क्लिक भयो, ‘म जंगलमा छु, रूखहरूको बीचमा छु।’ प्रकृति जोडेर पेन्टिङ बनाउँदा कस्तो होला?

आफ्नो मस्तिष्कमा आकृति तयार पारेर विद्यमानले फटाफट पेन्टिङ बनाउन थाले। जसमा उनले ‘कनेक्सन’ थिममा एउटा चित्र तयार पारे। उक्त चित्रमा बिँड नभएको बन्चरो डोरीको पासो लगाएर रूखमा झुन्डिएको थियो। चित्र हेर्दा यस्तो लाग्छ कि बन्चरोले आत्महत्या गर्दै छ।

विद्यमानले अरू नै केही सोचेर उक्त चित्र तयार पारेका थिए। उनी भन्छन्, ‘बन्चरोले रूख काट्छ तर बन्चरोको बिँड नै त्यही रूखको एक हिस्सा हो।’ बन्चरो र रूखको अन्तरसम्बन्ध देखाउन उनले त्यो चित्र कोरेका थिए। विद्यमान भन्छन्, ‘हामी सबै एक आपसमा यसरी नै जोडिएका छौं।’

कल्पनाशील विद्यमानको मस्तिष्कमा जे बन्छ उनी त्यही क्यानभासमा उतार्ने गर्छन्। ‘तर, सोचेजस्तो हुबहु कहाँ मिल्छ र? ’ उनी हाँस्दै सुनाउँछन्। आँखाहरू ‘पज’ हुने सुरेलिस्टिक पेन्टिङ बनाउन रुचि राख्ने विद्यमान चाहन्छन्, ‘मेरो पेटिङ हेर्दा मान्छेहरू एकैछिन टक्क रोकिऊन्, सोचून् र पेन्टिङले भन्न खोजेका कुरा बुझून्।’

कल्पना र वास्तविकताको मि श्रण हुने यस्ता पेन्टिङहरू सोचेभन्दा फरक शैलीका हुन्छन्। सुरेलिस्टिक अर्थात् यथार्थपरक पेन्टिङ जसमा हाम्रो दैनिकीसँग जोडिएका विषय अनौठो रूपमा प्रस्तुत गरिन्छ।

हुन त यस्ता पेन्टिङ भद्रगोल शैलीका हुन्छन्। बुझ्न अलि समय लाग्छ वा व्यक्तिअनुसार यस्ता पेन्टिङलाई फरक रूपमा अथ्र्याइन्छ पनि। पेन्टिङका बारेमा खासै नबुझेकालाई यस किसिमको चित्रकलालाई अथ्र्याउन सहज भने अवश्य छैन। तर, क्रिएटिभ सोचका आर्टिस्ट यस किसिमको पेन्टिङ गर्न बढी रुचाउँछन्।

चित्रमा बिँड नभएको बन्चरो डोरीको पासो लगाएर रूखमा झुन्डिएको थियो। चित्र हेर्दा यस्तो लाग्छ, बन्चरोले आत्महत्या गर्दै छ।

रामेछाप घर भएका विद्यमान हाल बालाजुमा बस्छन्। चित्रकलामै स्नातकसम्म पढेका विद्यमान कलेजको डिग्रीभन्दा पनि आफ्नो काम गजबको हुनुपर्ने सोच्छन्, ‘चित्रकला बुझ्न पढेर मात्र हुँदैन, चित्र नै कोर्नुपर्छ’, उनी भन्छन्। फिगेरेटिभ, रियालिस्टिक र सुरेलिस्टिक किसिमको पेन्टिङ गर्न रुचाउने विद्यमान एब्स्ट्र्याक पेन्टिङ बनाउन भने हतारिएका छैनन्। उनका अनुसार एब्स्ट्र्याक पेन्टिङ बनाउनुभन्दा पहिले धेरै कुरामा पोख्त हुनुपर्छ।

‘अहिले त एब्स्ट्र्याक पेन्टिङको नाममा जस्तो पायो त्यस्तै पोत्ने चलन छ’, विद्यमान भन्छन्, ‘एब्स्ट्र्याकको नाममा विकृति आएको छ, यो एकदमै गलत हो।’ आर्ट हिस्ट्री बुझेर फिगेरेटिभ रिएलिटिभ पेन्टिङमा पोख्त भएर अन्तिम चरणमा मात्र एब्स्ट्र्याक पेन्टिङतिर लाग्नुपर्ने उनको बुझाइ छ। नेपालमा पश्चिमी संस्कृति पछ्याउँदा वास्तविक धरातलका पेन्टिङ हराएको उनी बताउँछन्।

विद्यमान भन्छन्, ‘म कुनै पनि आर्ट गर्दा धेरै व्यक्तिलाई देखाउँछु। आर्टबारे अरूको फरकफरक धारणा बुझ्न यसो गर्ने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘यसले धेरैको विचारबाट आफ्नो विचार बनाउन मद्दत मिल्छ। विशेष रूपमा सुरेलिस्टिक पेन्टिङ बनाउन यस्तो टेक्निक लगाउनु अझै आवश्यक छ।’

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.