७७ माइल दौडेर विश्व रेकर्ड बनाउने ८५ वर्षे धावक !
लन्डन : २४ घण्टामा तपाईँ कति माइल दौडिन सक्नुहुन्छ ? हिसाव गर्नुस् । तर सबैलाई चमत्कार पार्ने गरी ८५ वर्षीय बृद्धले सोही अवधिमा ७७ माइल यात्रा गरेका छन् ।
जुन एउटा दुस्साहसी विश्व रेकर्ड हो । अर्थात् यसअघि सोही उमेरका कसैले पनि यती लामो दूरी तय गर्न सकेका छैनन् । जोफ ओलिभर नाम गरेका ती बेलायतीले तय गरेको यो दौडको भिडियो बिबिसीका पत्रकार सोफी रर्थले सार्वजनिक गरेपछि उनको चौतर्फी प्रसंसा भएको छ ।
पत्रकार सोफीले ‘किन दौडनुभयो ?’भनेर सोध्दा तिनले जवाफ दिएका छन्, ‘सम्भवतः केही पागलपन ! तर हामी सधैँ संघर्ष गरिरहनुपर्छ ।’ उनले यसअघि पनि धावनमै दुई विश्व रेकर्ड कायम गरिसकेका छन् ।
जोफले तय गरेको दूरी १ सय २३ किलोमिटर हो । जुन सामान्यतः युवावस्थामै पनि २४ घण्टाभित्र पार गर्न कठिन हुन्छ । ८५ वर्षका जोफले यति लामो दूरी पार गर्न सकेकोमा संसारका धावक चकित परेका छन्।