सहरी जीवनमा हाइकिङ ‘बाध्यता’

सहरी जीवनमा हाइकिङ ‘बाध्यता’

काठमाडौं : ककनीदेखि नुवाकोटको सूर्यचौरसम्मको दुई घण्टे हाइकिङ गर्दा पसिनाले लुर्थुक्क भिजेका थिए संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी। हम्मेहम्मे गर्दै पछ्याउँदै थिए- राज्यमन्त्री धनबहादुर बुढा अनि मन्त्रालयका सचिव श्रीकृष्णप्रसाद देवकोटा।

विश्व पर्यटन दिवसको अवसर पारेर मंगलबार ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालले खुल्ला रुपमा हाइकिङ आयोजना गरेको थियो। एक दिनसम्म हिँड्नु हाइकिङ हो भने एक दिनभन्दा बढी हिँड्नु ट्रेकिङ। मन्त्री, सांसद, उच्च सरकारी कर्मचारीदेखि पर्यटन व्यवसायी, सर्वसाधारणसहित सात सयभन्दा बढी हाइकिङ गर्न ककनी पुगेका थिए।

'हाम्रो लक्ष्य दुई वर्षभित्र २० लाख पर्यटक नेपाल भित्राउने छ, भाषण हैन अभ्यास गरेर लक्ष्य पूरा गर्नुपर्छ' भन्दै ककनीबाट मन्त्री सूर्यचौर तिर लम्किए। अरु सहभागी मन्त्रीलाई पछ्याइरहेका थिए।

बाटोमा असिनपसिन भएर गफिँदै गरेका मन्त्री अधिकारी भन्दै थिए- 'विदेशीमात्र हैन आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्छ, त्यसपछि विदेशी पर्यटक आफैं आउँछन्।' हाइकिङ सहरी जीवनमा फेसन र रहरमात्र नभएर बाध्यता बनेको मन्त्री अधिकारीको भनाई छ। 

काठमाडौं उपत्यकामा भर्खरै विकासको क्रममा रहेको हाइकिङ संस्कृतिलाई प्रवर्द्धन गर्न टानले कार्यक्रम आयोजना गरेको थियो। उपत्यकाको प्रदूषणले पनि यसआसपासका डाँडापाखा हाइकिङका लागि रोजाइमा पर्दै आएका छन्। हिमालको र हरिया डाँडापाखा दृश्यावलोकन हाइकिङको अर्को मजा बनेको छ।

सहरी जीवनको दैनिकी, सवारीसाधनको बढ्दो प्रयोग, घट्दो शारीरिक परिश्रम, कार्वोहाइड्रेट र प्रोटिनयुक्त खानेकुरा आदिबाट शरीर स्वस्थ राख्न पनि हाइकिङ अनिवार्यजस्तै बनेको   टानका सदस्य बाबुराम गुरुङको भनाई छ। 

'हामी ट्रेकिङ गर्नेहरूमा पनि केही समय काठमाडौं बसेपछि खुट्टा पुरै जाम हुने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन थालेका छन्', गुरुङ भन्छन्।

मंगलबारको हाइकिङमा अधिकांश आरोही, गाइडहरू सहभागी थिए। उपत्यकाबासीका लागि आसपासका डाँडामा हाइकिङको लागि उपयुक्त रुटहरू भएको आरोही पासाङल्हामु शेर्पाले बताइन्। '२० भन्दा बढी हाइकिङका रुट छन्। आधा दिन वा पूरै दिनसम्म पनि हिँड्न सकिन्छ', शेर्पाले भनिन्, 'प्रदूषण र धुलोधुवाँबाट मुक्त भएर यहाँ सफा हावा लिने अभ्यासले जीवनलाई सहज हुन्छ।'

काठमाडौ वरपर ककनी, भोटेचौर, वालाजुपार्क, तपोवन क्षेत्र, गोदावरी, त्रिभुवनपार्क, धुलिखेल, सेतोगुम्वा, नगरकोट, चोभार, चिसापानी, इन्द्रसरोवर, सुन्दरीजल, भालेश्वर लगायत हाइकिङ स्पट छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.