'प्रदेशको बहनामा संघीयता असफल पार्ने षडयन्त्र'

'प्रदेशको बहनामा संघीयता असफल पार्ने षडयन्त्र'

वीरगन्ज : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रदेशलाई कमजोर बनाएर संघीयतालाई नै असफल पार्ने षडयन्त्र भएको बताएका छन्।  वीरगन्जमा बुधबार राजपा नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महत्तोले प्रदेश सरकारलाई अधिकारबिहीन बनाएर संघीयतालाई असफल पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए। 

मुलुकको सुरक्षा, परराष्ट्र,आर्थिक तथा मौद्रिक नीति संघीय सरकारलाई र अरु सबै अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमा अहिले पनि संघीय सरकारले सबै अधिकार आफूमै केन्द्रित गरेर राखेकाले प्रदेश सरकार अधिकारबिहीन भएको उनले बताए। 

संघीय सरकारले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी नपठाएको तथा नीति र कानुन बनाउनमा पनि भाँजो हालेर प्रदेश सरकारलाई पङगु बनाएको भन्दै महत्तोले भने, 'संघीयताका विरोधीले संघीयतालाई असफल पार्न प्रदेश सरकारलाई कमजोर बनाइरहेका छन्।'

 
संघीयताप्रति जनतामा वितृष्णा फैलाएर मुलुकलाई नै असफल बनाउने षडयन्त्र भइरहेकाले संघीयता र लोकतन्त्र विरोधीसँग सजग रहन उनले राजनीतिक दललाई सचेत समेत गराए। संविधान संशोधनकै समर्थनमा राजपाले वर्तमान सरकारलाई समर्थन गरेको भएपनि अहिले आएर सरकारले फेरि राजनीतिक बेइमानी गरेको उनले बताए। 

मधेसीको अधिकार संशोधनमार्फत संविधानमा समावेश गर्ने लिखित प्रतिवद्धता गरेपछि मात्र राजपाले सरकारलाई समर्थन दिएको थियो, उनले भने, 'तर, सरकारको गतिविधि हेर्दा संविधान संशोधन गर्ने छाँटकाँटमा देखिएको छैन, हामीसँग फेरि राजनीतिक बेइमानी हुँदैछ। मधेसको अधिकारका लागि राजपा कुनै पनि बेला सडक आन्दोलनमा आउन सक्ने उनले बताए।' 

पटक-पटकको मधेस आन्दोलन र सयौं मधेसी जनताले ज्यानको बलिदानी दिँदा पनि मधेसीको अधिकारलाई संशोधनमार्फत संविधानमा समावेश नगरिएकाले मधेसी जनतामा असन्तोष र आक्रोश दुवै फेरि बढ्दै गएको उनले बताए।उनले भने, 'पार्टीमाथि पनि मधेसी जनताको दबाब बढ्दै गएको छ त्यसैले कुनैपनि बेला राजपाले आन्दोलनको घोषणा गर्नसक्छ।'

फरक प्रसंगमा राजपा नेता महत्तोले दुई तिहाईको दम्भमा अहिलेको सरकारले अपराधीलाई जोगाउने काम गरेकाले सरकारप्रति जनताको भरोसा टुटेको पनि आरोप लगाए। पार्टीको महाधिवेशनको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै नेता महतोले दुई महिना भित्रमा संघीय संरचनाको जिम्मेवारी दिने र त्यसपछि गाउँपालिका,नगरपालिकालगायतको अधिवेशन गरि बैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने तयारी रहेको समेत जानकारी गराए। 

राजपा पर्साका अध्यक्ष रमेश कुर्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा महासचिव राजेशमान सिंह, सहमहासचिव नेजामुद्दीन समानीलगायतका नेताको उपस्थिति  थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.