नगरपालिकाले सूचना लुकाएपछि आक्रोशित स्थानीय, भ्रष्टाचार आशंका

नगरपालिकाले सूचना लुकाएपछि आक्रोशित स्थानीय, भ्रष्टाचार आशंका

राजविराज : सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–४ स्थित एक नागरिक स्थानीय सरकारले सूचना लुकाएको भन्दै पाँच महिनादेखि भौँतारिरहेका छन् ।

सुचना मागेको पाँच महिना भन्दा बढी बिते पनि मधवापुरका ७० वर्षीय तेजनारायण मण्डलले सूचना नपाएको गुनासो गरेका छन् । हनुमान नगर कंकालिनी नगरपालिकाबाट आर्थिक वर्ष २०७४/०७५ मा भएका विकासे काम र योजनाको विवरण तथा खर्च, लागत विवरण माग गरेका मण्डलले सूचना नपाएपछि कानुनकै सहारा लिएका छन् । सुचनाको माग गर्दै गत चैत २५ गते उनले निवेदन दर्ता गरेका हुन् ।

तर उनको मागको सुनुवाइ नभएपछि मण्डलले कर्मचारी तथा जनप्रतिनिधिले भ्रष्टाचार गरेकोले सुचना लुकाएको आरोप लगाउँदैआएका छन् । मण्डल पूर्व शिक्षक समेत हुन् । बारम्बार ताकेदा गर्दा पनि नगरपालिकाले सुचना नदिएपछि उनले जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय, प्रधानमन्त्रीको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा समेत निवेदन दिए ।

सुचना उपलब्ध गराउन ती कार्यालयले निर्देशन त दिए नगरपालिका भने सुचना उपलब्ध गराउन अझै तयार भएको छैन । दर्ता नम्बर १३९९ रहेको निवेदन बमोजिमको सुचना उपलब्ध नभएपछि उनले जिल्ला प्रशासन कार्यालयमा असार २१ गते र साउन २४ गते सुचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ बमोजिम सुचना उपलब्ध गराई पाउँ भनी निवेदन दिएका छन् ।

निवेदनमा नगरपालिकाका प्रमुख शैलेश साह, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव र वडा नम्बर ४ का अध्यक्ष नागेश्वर मण्डलले मिलोमतो गरी भ्रष्टाचार गरेकोले सुचना नदिएको उनको आरोप छ । सडक ग्राभेल, विद्युतिकरण, मन्दिर र विद्यालयको पर्खाल निर्माणको क्रममा रकम हिनामिना गरेको हुनसक्ने मण्डलको आशंका छ । र ती गतिविधि अनुगमन गर्न अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा समेत उनले उजुरी दिएका छन् ।

साथै तुरुन्त छानविन गरी लागत इस्टिमेट तथा खर्च विवरण उपलब्ध गराउन साउन १४ गते उनले मुख्यमन्त्रीसमक्ष पनि ज्ञापनपत्र दिएका छन् । सुनवाई नभएपछि मण्डलले भदौ २० गते फेरि दुई हजार स्थानीयवासीको हस्ताक्षरसहितको स्मरणपत्र सिडिओमार्फत मुख्यमन्त्रीलाई पठाएका छन् ।

सुरुमा निवेदन नै च्यातेर फालेका प्रशासकीय अधिकृत यादवलाई स्थानीयवासीले घेराउ गरेपछि मात्र निवेदन दर्ता गरे । तैपनि हालसम्म सुचना नपाएको मण्डलको गुनासो छ ।अधिकृत यादवले भने निवेदनमा गलत तोक लेखिन गएकोले निवेदकलाई सोधेरै च्यातेको दावी गरेका छन् । साथै आफूहरुलाई दुख दिने मनशायले सुचना मागिएको उनको जिकिर छ ।

स्थानीय निकायले कम्तीमा पनि तीन तीन महिनामा कार्यालयको सुचना प्रवाह गर्नुपर्ने नियम छ । यद्यपि अतिरिक्त सुचना माग गर्नेलाई कानुनअनुसार उपलब्ध गराउनुपर्छ । अर्का स्थानीयबासी जयप्रकाश गोइतले पनि मण्डललाई समर्थन गर्दै ‘अनियमितता र भ्रष्टाचार उजागर हुने भएकाले सुचना दिन तयार नभएको’ बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.