अरिङ्गालले टोकेर ७२ वर्षीयाको मृत्यु, छोरा घाइते
राजविराज : राजविराजको रुपनी गाउँपालिका–२ स्थित पाैवा गाउँमा अरिङ्गालको टोकाइबाट ७२ वर्षीया एक बृद्धा फुदनीदेवी मण्डलको मृत्यु भएको छ ।
बुधबार दिउसो बारीमा तरकारी टिप्न जाँदा अरिङ्गालले टोकेर घाइते भएकी मण्डलको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएपछि उनलाई तत्कालै स्थानीय युनिक अस्पताल पुर्याइएको थियो ।
अरिङ्गालको टोकाइबाट फुदनीका ४८ वर्षीय छोरा राजेन्द्रप्रसाद पनि घाइते छन् । राजेन्द्रका अनुसार फुदनीलाई एकैपटक १५ भन्दा बढी अरिङ्गालले आक्रमण गरेका थिए ।
घाइते राजेन्द्रलाई समेत अहिले अञ्चल अस्पताल राजविराज ल्याउने तयारी भइरहेको छ।