मोटरसाइकल चोरीमा संलग्न चारजना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न चारजना पक्राउ

राजविराज: राजविराज नगरपालिकामा चोरी भएको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी चलाउने चोरसहित नम्बर परिवर्तन गर्ने सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ।

राजविराज नगरपालिका- ५ का वडा अध्यक्ष समिर झाले प्रयोग गरिरहेको मोटरसाइकल चोरी गर्ने र चोरीको सवारी साधनको नम्बर प्लेट परिवर्तन गर्ने कार्यमा संलग्न ग्यारेज सञ्चालकलाई २४ घण्टाभित्र मोटरसाइकलसहित पक्राउ गरिएको एसपी राजेन्द्र विष्टले बताए।

डीएसपी भावेश रिमालका अनुसार सुनसरीको इनरुवा नगरपालिका- ६ का हिमान्शुलाल कर्ण, सप्तरीको छिन्नमस्ता गाउँपालिका- ६ का सनत मण्डल, अग्निसाइर कृष्णसवरण गाउँपालिका- ३ का भुवन चौधरी र महुलीस्थित फोर्ड ग्यारेजका सञ्चालक खडक नगरपालिका-९ का कृष्णदेव चौधरीलाई पक्राउ गरेको छ।

प्रहरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिका- १ स्थित महुली खोलाको पुल नजिकैबाट मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुले राजविराज नगरपालिका- ५ स्थित वडा अध्यक्ष झाले घरअगाडि राखेको स १ ब १०२४ नम्बरको मोटरसाइकल चोरी गरेका थिए। चोरी भएको सेतो नम्बर प्लेट चोरी गर्नेले परिवर्तन गरी स. ५ प ६३८८ नम्बरको प्लेट प्रयोग गरी चलाइरहेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.