शव जलाउने क्रममा घाटमै गाउँलेबीच कुटाकुट

शव जलाउने क्रममा घाटमै गाउँलेबीच कुटाकुट

रौतहट : शव जलाउने क्रममा गाउँलेबीच बुधवार दिउँसो विवादपछि झडप भएको छ । झडपपछि प्रहरीले दर्जनौँ राउण्ड हवाई फायर र अश्रुग्यास हानेको छ । रौतहटको गरुडा नगरपालिका–९ स्थित श्रीपुरमा स्थानीय ६५ वर्षीय रामप्रीत सहनीको शव जलाउने क्रममा झडप भएको हो ।

झडपपछिको अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले ३० राउण्ड भन्दा बढी हवार फायर गरेको भने २९ सेल अश्रूग्यास प्रहार गरिएको जनाएको छ । झपडमा केही स्थानीय घाइते भएका छन । एकजना प्रहरी साहयक निरीक्षक विश्वनाथ यादवसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

एक हप्ता अघि पनि त्यही स्थानमा शव जलाउने बिषयमा विवाद भएको थियो । त्यसपछि जनप्रतिनिधी, स्थानीय प्रशासन र गाउँलेबीच छलफल भएको थियो । असोज ३ गते जिल्ला प्रशासन कार्यालय उक्त स्थानमा शव नजालाउने सहमति भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.