जाजरकोटमा कृषि ज्ञान केन्द्र स्थापना

जाजरकोटमा कृषि ज्ञान केन्द्र स्थापना

जाजरकोट : संघीय सरकारले गत वर्ष खारेज गरेको जिल्ला कृषि विकास कार्यालय कृषि ज्ञान केन्द्रको नाममा पुनः स्थापना भएको छ । कर्णाली प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बुधबार यसको उद्घाटन गरेकी हुन् ।

केन्द्र सरकारले कर्णालीका १० मध्ये सात जिल्लामा कृषि ज्ञान केन्द्र र पशु विज्ञ केन्द्रका नाममा कार्यालय खोल्ने निर्णय गरेवमोजिम जाजरकोटमा पनि ज्ञान केन्द्र स्थापना भएको हो ।

कर्णाली प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका बाँकी तीन जिल्लामा पनि कार्यालय खोल्ने निर्णय गरेपछि सबै जिल्लामा पशु र कृषिका समन्वय कार्यालय रहने भएका छन् ।

कृषि ज्ञान केन्द्र नखोल्ने निर्णय भएका जिल्ला सुर्खेत, सल्यान र मुगुमा पनि प्रदेश सरकारले स्थापना गर्ने भएको छ । कृषि ज्ञान केन्द्र उद्घाटनको क्रममा सहकारी मन्त्री तथा सरकार प्रवक्ता केसीले संघीयता असफल बनाउने षड्यन्त्र भइरहेको शंका गर्दै सबै मिलेर काम गर्नुपर्ने बताएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.