अफगानिस्तानको पोस्ट्मा नेपालको १३ गोल

अफगानिस्तानको पोस्ट्मा नेपालको १३ गोल

आगरा (भारत) : भारतको आगरामा जारी १८ वर्षमूनिको विद्यालयस्तरीय च्याम्पियन्सीप फुटबलमा नेपालले अफगानिस्तानमाथि गोलबर्षा गरेको छ। 

प्रतियोगिताको ४६ औँ संस्करणमा समूह ‘ए’ बाट दोश्रो जित आत्मसात गर्ने क्रममा नेपालले अफगानिस्तानविरुद्ध १३ गोल गर्दा कप्तान दिनेश हेन्जमले एक्लैले चार गोल गरे । बुद्धबल तामाङले ह्याट्रिक पुरा गरेका छन्। 

आगराको प्रिल्युड पब्लिक स्कुलको मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ का विरुद्ध १३ गोलले स्तब्ध बनायो। 

एकपक्षीय खेलमा नेपालले अफगानिस्तानलाई पुरै समय दबाबमा राखेको थियो।  त्यस क्रममा नेपालका क्याप्टेन दिनेश हेन्जमले ४ गोल, बुद्ध बल तामाङले ३ गोल, रितिक खड्काले २ गोल गरे ।

नितिन थापा, जय गुरुङ, अनिल महर्जन र असिम गुङले समान एक गोल गरेका थिए । अफगानिस्तानका लागि एकमात्र गोल सियावास हुसैनले १ गोल गरे । 

मैदानमा दबाव कायम राख्न सफल नेपाली टोलीका लागि खेलको चौथो मिनेटमा दिनेश हेन्जमले गोल गर्दै खाता खोलेका थिए। त्यसलगत्तै खेलको ९ औं मिनेटमा नितिन थापाले टोलीका लागि दोश्रो गोल गरे। दुइ शुन्यको चोटबाट बाहिरिन नपाउँदै अफगानिस्तानविरुद्ध जय गुरुङले तेश्रो गोल थपे। एकपछि अर्को गोलको वर्षा गर्ने क्रममा खेलको १५ औं मिनेटमा दिनशेले ब्यक्तिगत गोल थपे।

त्यसैगरि खेलको २४ औं मिनेटमा बुद्ध बल तामाङले गोल गरेका थिए। मैदानमा लय समातेको नेपाली टोलीका लागि क्याप्टेन दिनेशले लगत्तै व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्री पूरा गरेका थिए । पहिलो हाफमा चार शुन्यले पछि परेको अफगानिस्तानका लागि खेलको ३० औं मिनेटमा पाएको पेनाल्टीमार्फत सियावास हुसैनले सान्त्वना गोल फर्काएका थिए। 

यद्धपि सो गोलको ७ मिनेट नवित्तै खेलको ३७ औं मिनेटमा नेपालका लागि रितिक खड्काले गोल गरे। ७–१ गोलको अन्तरलाई थप फराकिलो बनाउने क्रममा क्याप्टेन दिनेशले ब्यक्तिगत चौथो गोल गरे। पहिलो हाफमा मैदानमा दबदबा बनाएको नेपालले दोश्रो हाफमा उही लयमा मैदानमा भिडेको थियो ।

त्यस क्रममा बुद्ध बल तामाङले खेलको ५० औं मिनेटमा र ५१ औं मिनेटमा असिम गुरुङले गोल गरे । त्यसैगरि खेलको ७३ औं मिनेटमा बुद्ध बल तामाङले गोल गर्दै ह्याट्कि पुरा गरेका थिए । 

नेपालका लागि १२ औं गोल रितिक खड्काले ७८ औं मिनेटमा गरे थिए भने अन्तिम गोल अनिल महर्जनले गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । नेपालले जित हात पारेपनि सेमिफाइनलको यात्रा तय गर्न सकेन। 

यससंगै बिहीबार नेपालले पाँचौं स्थानका लागि श्रीलंकाविरुद्ध स्पर्धा गर्ने टोलीका ब्यवस्थापक रुपेश अधिकारीले जानकारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.