बालकल्याण भवनमा सशस्‍त्र

बालकल्याण भवनमा सशस्‍त्र

रुकुम पश्चिम : मुसिकोट नगरपालिका–१ मठमा निर्मित जिल्ला बालकल्याण समितिको भवनमा सशस्त्र प्रहरी बलको अस्थायी क्याम्प बसेको छ । जसकारण उक्त भवनलाई बालगृहका रूपमा विकास गर्न नसकिएपछि यतिबेला जिल्लाका जोखिममा परेका बालबालिकालाई जिल्लाबाहिरका बालगृहमा पठाउनुपर्ने बाध्यता छ ।

०६५ सालमा जिल्ला बालकल्याण समितिको अन्तरिक कोष, सामाजिक विकास कोष र तत्कालीन जिल्ला विकास समितिको संयुक्त लगानीमा करिब ५ सय वर्गमिटर क्षेत्रफलमा निर्मित यस भवनलाई बालगृहका रूपमा विकास गर्ने लक्ष्य थियो । बालगृह सञ्चालन गर्न आवश्यक काम अगाडि बढ्न नपाउँदै मंसिर १० मा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनताका यस भवनमा सशस्त्र प्रहरी बलको अस्थायी क्याम्प राखिएको थियो ।

सशस्त्र प्रहरीका लागि अर्को व्यवस्थापन नहँुदा भवनलाई संस्थाले प्रयोग गर्न नसकेको जिल्ला बालअधिकार अधिकृत मानवीर ओलीले बताए । ‘बालकल्याण समितिको भवनमा अस्थायी रूपमा सशस्त्रले क्याम्प राख्ने त्यो बेला निर्माण भएको थियो । तर, त्यो क्रम यति लामो समय रहला भन्ने लागेको थिएन’, अधिकृत ओलीले भने, ‘सशस्त्र प्रहरीलाई अरू नै कुनै ठाउँमा स्थायी व्यवस्थापन गरेर त्यस भवन र क्षेत्रलाई बालगृहको रूपमा विकास गर्नुपर्छ ।’

सुरुमा अस्थायी रूपमा जम्मा ५० जना संख्यामा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा रहँदै आएको सशस्त्र प्रहरी अब जम्मा १ सय ६० को संख्यामा स्थायी रूपमा एउटा गुल्म बस्न सुरु गरेको छ । सशस्त्रको क्याम्प बनाउने तयारी भइरहेको रुकुम पश्चिमका सहायक जिल्ला अधिकारी शेरबहादुर पुनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.