हिमालमा धराैटीको सट्टा वातावरण शुल्क

हिमालमा धराैटीको सट्टा वातावरण शुल्क

काठमाडौं : सोह्र वर्षअघि निर्माण गरिएको ‘पर्वतारोहणसम्बन्धी नियमावली २०५९’ ले हिमालमा फोहोर नियन्त्रण गर्न प्रत्येक आरोहण दलसँग पाँच सयदेखि चार हजार अमेरिकी डलर धरौटी रकम जम्मा गर्न लगाउने व्यवस्था गरेको छ। प्रत्येक सिजनमा आरोहण गराउने एजेन्सीले आफ्नो आरोहण दलले फोहोर नगरेको दाबी सहितको कागजी प्रमाण पेश गरी धरौटी रकम फिर्ता लिएको पर्यटन विभागको तथ्यांकले देखाएको छ।

आरोहीले हिमालमा फोहोर नगरेको र हिमाल सफा रहेको भन्दै विभागले एजेन्सीलाई भटाभट धरौटी रकम फिर्ता दिँदा नेपालका अधिकांश हिमालमा फोहोरको डंगुर बढ्दै गएको छ। १६ वर्षदेखिको यो प्रकृयाले निरन्तरता पाउँदा सफा र सेता हिमाल फोहोरले विकृत भएका छन्। एजेन्सीले आरोही र कामदारले फोहोर नगरेको भन्दै झुटो प्रस्ताव पेश गर्छ, हिमाल सफा रहेको भनी सरकारी कार्यालय र काठमाडौं महानगरपालिकाले झुटो कागज बनाइदिन्छ त्यसपछि धरौटी रकम फिर्ता दिने गर्छ।

तीन प्रकारमा विभाजन गरी फोहोरको व्यवस्थापन गरेको छ। विभागले गर्दै आएको यो प्रकृया झन्झटिलो र अव्यावहारिक भएको भन्दै पर्यटन व्यवसायी र आरोहीले समयनुसार बनाएर हिमाल सफा गर्नुपर्ने सुझाव दिएका छन्। पर्यटन व्यवसायी सुदर्शन न्यौपानेले भने, ‘धरौटी होइन वातावरण शुल्क तिर्न तयार छौं। प्रतिआरोही शुल्क असुल गरेर सरकारले आफैं हिमाल सफा गर्न सक्छ।’

धेरै आरोहण हुने मध्येको सगरमाथा, मनास्लु, मकालु, कञ्चनजंगा लगायतका हिमालमा सयौं टन फोहोर रहेको सगरमाथा आरोही संघका महासचिव लाक्पा रंडु शेर्पाले बताए। आरोही र एजेन्सी हिमालप्रति सम्वेदनशील छैन, झुटा विवरण पेश गरे पनि कर्मचारी घुस लिएर धरौटी फिर्ता दिने गरेको एजेन्सीको आरोप छ। आरोही छिरिङ पाण्डे भोटेले नियमावली संशोधन गरेर प्रत्येक आरोहीसँग सफाइका लागि शुल्क लिनु पर्ने सुझाव दिए।

व्यवसायीले प्रतिआरोही सगरमाथाका लागि सय, ७ हजारदेखि ८ हजार मिटरका हिमाललाई ७५, ६ हजारदेखि ७ हजार मिटरलाई ५०, ६ हजारभन्दा कमकालाई २५ अमेरिकी डलर ‘वातावरण दस्तुर’ लिएर हिमाल सफाइ गर्न सुझाव दिए। विदेशी आरोहण दललाई धरौटी प्रकृया झन्झटिलो भएर समस्या हुने गरेकाले नेपालको सरकारी कामकाजप्रति नकारात्मक हुने गरेको पाइएको छ। हिमालमा फोहोरको व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिइएकाले अर्को वर्षदेखि धरौटी लिने व्यवस्था खारेज हुने विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए।

आरोहणको ६५ वर्षदेखिको फोहोर हिमालमा रहेको आरोही लाक्पा शेर्पाले जानकारी दिए। प्रत्येक आरोहीले ८ किलोग्राम फोहोर आधारशिविरसम्म ल्याउनु पर्ने कानुनी व्यवस्था भए पनि नियमन नहुँदा फोहोर ल्याउने प्रचलन छैन। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.