गुगलको २० वर्षे यात्राका २० रोचक कुरा : ग्यारेजमा जन्मदेखि बाख्रापालनसम्म
काठमाडौं : विश्वकै प्रभावशाली ‘सर्च इन्जिन कम्पनी’ गुगल आज २० वर्ष पुगेको छ। यस सन्दर्भमा गुगलले आफ्ना ‘फिचर्स’मा पनि केही परिवर्तन ल्याएको छ । तपाईँले गुगलको होमपेज भिजिट गर्नुभयो भने पनि उसले बनाएको रमाइलो ‘बर्थडे भिडियो’ देख्नुहुन्छ ।
सन् १९९८ मा दुई युवाले सुरु गरेको यो संस्था प्रारम्भिक चरणमा २० वर्षको अवधिमा यति प्रभावशाली बन्ला भनेर कसैले सोचेकै थिएनन् । तर उपलब्ध प्रविधिको भरपुर प्रयोग गरेर संसारकै प्रभावशाली सर्च इन्जिन कम्पनीको रुपमा गुगल स्थापित छ ।
यद्यपि ‘फेक न्युज’, गोपनीयता हनन लगायत विषयमा गुगलले स्थापनादेखि नै आलोचना झेल्नुपरेको छ । आज यसको जन्मदिनको उपलक्ष्यमा तपाईँलाई थाहा नभएको हुनसक्ने गुगलबारे २० तथ्य देखाएका छौँ ।
१. स्ट्यान्डफर्ड विश्वविद्यालयमा पिएचडी अध्ययनरत दुई युवा विद्यार्थी लेरी पेज र सर्जी ब्रिनले २० वर्षअघि सन् १९९८ मा स्थापना गरेका हुन् गुगल ।
२. यसको नाम ‘ब्याकरब’ थियो । ब्याक रबकै नामबाट यसलाई चिनिन्थ्यो । पछि मात्रै यसको नाम फेरिएको हो ।
३. संस्थापकद्धयले आफ्नो साथीको ग्यारेजमा ब्याकरब नाम जुराएका थिए ।
४. गणितीय शब्दावलीबाट गुगल नाम जुराइएको हो । जुन् सर्चको पर्यायवाची शब्द हो गुगल ।
५. खासमा असली शब्द गुगोललाई बंग्याएर त्यसको सट्टामा गुगल नाम राखिएको हो । जुन डिक्स्नेरीमै थिएन ।
६. डिक्सस्नरीमै नभएको यो फन्नी वर्ड जब लोकप्रिय बन्न थाल्यो, दैनिक जीवनमा यसको ब्यापक प्रयोग हुन थाल्यो । जस्तो कि, ‘यो सहरमा ठूलो चिनियाँ रेष्टुरेण्ट कहाँ पर्छ ?’ भनेर साथीभाइबीच सल्लाह भयो भने ‘ए पख म गुगल गर्छु’ भनिन्छ । अन्ततः सन् २००६ मा अंग्रेजी डिक्स्नेरीले गुगललाई एक अफिसियल शब्दकै मान्यता दिएको छ । जहाँ यो एउटा भर्व वर्डको रुपमा राखिएको छ ।
७. हामी नयाँ सहर गयौँ भने कुनै ठाउँ पत्ता लगाउन सजिलै गुगल म्याप हेरिन्छ । यथार्थमा गुगल म्यापको ‘कन्सेप्ट’ गुगल आफैँले ल्याएको नभएर अर्को कम्पनीले विकास गरेको तरिका हो । किहोक नामको अर्को कम्पनीले विकास गरेको गुगल म्यापलाई पनि गुगलले पछि आफ्नो स्वामित्वमा लिएको हो ।
८. विश्वकै धनी र प्रभावशाली कम्पनी गुगलका संस्थापक लेरी पेज र सर्जी ब्रिनको भागमा कम्पनीको जम्मा १६ प्रतिशत हिस्सेदारी छ ।
९. सन् २०१५ सम्म गुगलसँग ६ सय खर्ब भन्दा बढी वेबपेज लिस्ट थिए । अहिले यो संख्या बढिसकेको छ ।
१०. म्यासेबलका अनुसार गुगलले अहिलेसम्म जुन तरिकाले सर्चिङ रिजल्ट उपलब्ध गराउँछ, यसले अब छिट्टै रिजल्ट उपलब्ध गराउने तरिका फेर्ने तयारी गरेको छ । र गुगल एक सामाजिक सञ्जालकै रुपमा विकास हुँदैछ ।
११. गुगलले आकासको नक्सा समेत उपलब्ध गराएको छ । जहाँ तपाईँ देख्नुहुन्छ तारा, तारापुन्ज र ग्रहहरु ।
१२. हरेक सेकेन्डमा संसारभर २ लाख भन्दा बढी पटक गुगल सर्च हुन्छ ।
१३. ५० हजार भन्दा बढी कामदार यसमा आवद्ध छन् । जुन विश्वका विभिन्न मुलुकबाट आएका हुन् ।
१४. गुगल नितान्त प्राविधिक कम्पनी भए पनि यसको कार्यालय अति रोमान्चक र मनोरम छ । गुगलको मुख्यालयमा काम गर्ने कामदारहरुले कम्पनीमा काम गरिरहँदा झ्यालबाट बाहिर बाख्राको बथान देख्छन् । जुन अरुले नभएर गुगल कम्पनीले आफ्नै कम्पाउन्डमा बाख्रा पालन गर्दै आएको छ ।
१५. गुगलले ९९ प्रतिशत भन्दा बढी आम्दानी त विज्ञापनमार्फत नै प्राप्त गर्छ ।
१६. सामान्यतः विश्वमा केही मान्छेसँग मात्रै प्राइभेट जेट किन्ने क्षमता छ । अति महंगो घर र कार किन्नु पनि एउटा सुविधायुक्त जीवनशैली नै हो । गुगलका संस्थापक पेज र ब्रीनसँग त्यति सम्पत्ति छ, जुन अन्य मान्छेले कल्पना मात्रै गर्न सक्छन् । यी दुई धनाड्यले आफ्नो प्राइभेट जेटका लागि नासामा धावनमार्ग नै किनिसकेका छन् ।
१७. धनी कम्पनी गुगलले आफ्ना ग्राहकलाई मात्रै ध्यानमा राख्छ भन्ने ठान्नुहुन्छ होला, यस कम्पनीले कामदारको रुपमा किसानका सन्तानलाई विशेष महत्व दिन्छ । साथै गुगलमा काम गर्ने कुनै कामदारको मृत्यु भयो भने कम्पनीले उसका सन्तानलाई १९ वर्ष नपुगुन्जेल हरेक हरेक महिना भत्ता दिन्छ ।
१८. गुगलले तपाईँले खोजेका चासोको जवाफ मात्रै दिँदैन, यसले ती विषयलाई ट्र्याकिङ पनि गर्छ । जब तपाईँले गुगलमा केही टाइप गर्नुहुन्छ । तत्कालै तल धेरै अप्सन पनि दिने गर्छ । यसको मतलब तपाईँले के खोज्दै हुनुहुन्छ भन्ने पनि गुगलले सुचना राख्छ ।
१९. गुगलमा धेरैजसो पुरानै रेकर्डेड कुराकै खोजी हुन्छ । हरेक दिन १६ प्रतिशत नयाँ चिज गुगलमा खोजी भइरहेको हुन्छ ।
२०. गुगलले सन् २०१६ सम्ममा ४० भन्दा बढी देशमा ७० भन्दा बढी कार्यालय स्थापना गरिसकेको छ।