मेलम्चीको पानी दुई महिना भित्र काठमाडौँ आइपुग्ने

मेलम्चीको पानी दुई महिना भित्र काठमाडौँ आइपुग्ने

काठमाडौँ: बहुचर्चित मेलम्ची आयोजनाको पानी काठमाडौँमा दुई महिना भित्र आइपुग्ने दाबी सम्बन्धित अधिकारीहरुले गरेका छन् । मेलम्ची आयोजनाका प्रमुख रामचन्द्र देवकोटाले कुनै पनि हालतमा अबको दुई महिनामा मेलम्चीको पानी सुन्दरीजलमा दुई महिना भित्र खस्ने जिकिर गरे । 

राष्ट्रिय सभा मातहतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीबार बसेको बैठकमा बोल्दै देवकोटाले भने, ‘१० हजार मिटर सुरुङ फिनिसिङ गर्न बाँकी छ । दैनिक २५० मिटरका दरले फिनिसिङ भइरहेको छ । डेढ महिनाभित्र सुरुङको फिनिसिङ सकिएपछि त्यसको १५ दिनमा पानी काठमाडौँ आउँछ ।’

दशैँभित्रै मेलम्चीको पानी काठमाडौँमा झार्ने भनिए पनि प्राविधिक कामले अड्किएको बताउँदै उनले तीन चार दिन हड्ताल भएकाले पनि दशैँमा ल्याउने योजना टरेको जिकिर गरे । 

‘अब धेरै समस्या छैन अब दुई महिनमा पानी आउँछ । काठमाडौँमा दैनिक १७ करोड लिटर पानी आउँदैछ’, उनले भने, ‘३४ करोडको अर्को परियोजना सुरु गर्ने तयारीमा छौँ, यसलाई पनि चाँडै सक्छौँ ।’

आयोजना प्रमुख देवकोटाले १७ करोड लिटर पानी ल्याउँदा १७ वर्ष लागेको स्वीकार्दै अर्को ३४ करोड लिटर पानी तीन वर्षमै ल्याउने गरी काम भइरहेको सुनाए । समितिका सांसदहरु सुरेन्द्र पाण्डेसहितले समय नलम्ब्याई मेलम्चीको पानी ल्याउन आग्रह गरेका थिए  ।

समितिले खानेपानी मन्त्री बीना मगरलाई पनि बोलाएको थियो । तर उनले समितिको बैठकमा नगएर संसद बैठकमा सहभागिता जनाएकी थिइन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.