दोस्रो स्यार्पु पर्यटन महोत्सव सुरु

दोस्रो स्यार्पु पर्यटन महोत्सव सुरु

मुसीकोट : कर्णालाी प्रदेशको प्रमुख पर्यटकीयस्थाल स्यापु तालमा दोस्रो स्यार्पु पर्यटन महोत्सव बिहिबारदेखि स्यार्पु तालको छेउमा सुरु भएको छ  । 

बाफिकोट गाउँपालिका वडा नं. ३ र ५ मा अवस्थित सुन्दर स्यार्पु तालमा यसअघि वि.सं. २०६७ साल असोज ११ गते पहिलोपल्ट पर्यटन महोत्सव आयोजना गरिएको थियो । महोत्सवको पूर्वगृहमन्त्री तथा प्रतिनिधी सभा सदस्य जनार्दन शर्माले उद्घाटन गरेका हुन् ।

‘जल, जंगल, जडीबुटी, कृषी, कला संस्कृति हाम्रा उत्सव, बाँफिकोट समृद्धिका लागि दोस्रो स्यार्पु पर्यटन महोत्सव’ भन्ने मूल नाराका साथ सुरु गरिएको महोत्सवले कर्णाली भ्रमण वर्ष २०७५ र नेपाल भिजिट सन् २०२० को पनि प्रचार–प्रसार एवम् प्रवद्धन गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक तथा बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहमदुर केसीले बताए । 

‘हामी स्यार्पू ताललाई देशभर चिनाउन चाहन्छौ ।’ संयोजक केसीले भने, ‘देशका प्रमुख पर्यटकीय स्थालहरुसँग स्यार्पु ताललाई पनि जोडेर विकास गर्न स्थानीय सरकारले काम गर्नेछ ।’

अघिल्लो पटक स्थानीय मूल आयोजक समिति गठन गरेर आयोजना गरिएको पर्यटन महोत्सव यस वर्ष गाउँपालिका आफै आयोजक भएर महोत्सव सुरुवात गरेको हो । 

यो महोत्सव आगामी असोज १५ गतेसम्म चल्नेछ । महोत्सवमा स्थानीय लोक नृत्य र गायन प्रतियोगिता, स्थानिय झाँकी पर्दशनी तथा महिला, पुरुष भलिबल प्रतियोगिता आदीको आयोजना गरिएको छ । 

कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अथिती जनार्दन शर्माले स्यापू ताल संरक्षणका लागि र यस वरपर रहेका अन्य पर्यटकिय स्थालहरुको प्रवद्धन गर्नका लागि सरकारले योजना बनाएर लाग्ने बताए । 

‘यस क्षेत्रको पर्यटन विकासका लागि बृहत योजना आवश्यक छ । संघीय, प्रदेश र स्थानिय सरकारको सहकार्यमा पर्यटन विकास गर्नुपर्छ ।’ उनले भने, ‘स्यार्पु ताल कर्णाली प्रदेशको मात्र नभएर देशकै प्रमुख पर्यटकिय स्थाल हो । यसको प्रचार, प्रसार आवश्यक छ ।’ 

कार्यक्रममा पूर्वमन्त्री शर्माका साथमा राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरी, प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, कर्णाली प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सभा सदस्यहरु गोपाल शर्मा र रातो कामीको पनि उपस्थिती रहेको थियो ।  

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.