धनगढीका मेयरविरुद्ध प्रदेशसभाका २२ सांसद्‍ले सिडिओ गुहारे

धनगढीका मेयरविरुद्ध प्रदेशसभाका २२ सांसद्‍ले सिडिओ गुहारे

धनगढी : धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर ओडविरुद्ध सत्तापक्षका २२ जना प्रदेशसभा सदस्यले कारवाही माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएका छन् । 

मेयर ओडले बुधबार सत्ता पक्षका प्रदेशसभा सदस्यहरुले गोदावरी राजधानीको प्रस्ताव स्वीकृत गरे २४ घण्टाभित्र धनगढीबाट धपाउने र जलाएर मार्ने अभिब्यक्ति दिएका थिए ।

मेयर ओडको अभिव्यक्तिको विरोधमा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टीका २२ जना प्रदेश सभा सदस्यहरुले उजुरी दिएको कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए । 

प्रदेश सभा सदस्यहरु लिलाधर भट्ट, प्रेमप्रकाश भट्ट, महेशदत्त जोशी, हर्कबहादुर कुवर सहितका २२ जनाले प्रमुख जिल्ला अधिकारीलाई आफुहरुको सुरक्षाको पनि माग गरेका 
छन् । 

‘उपमहानगरपालिकाको मेयर जस्तो पदमा बसेका ब्यक्तिले सत्ता पक्षका प्रदेश सभा सदस्यहरुको घर खोजी खोजी आगो लगाउन निर्देशन, आगो लगाएर मार्ने धम्की र भौतिक आक्रमणका लागि निर्देशन दिएकाले आफुहरु असुरक्षित भएको महसुस भएको छ’ उनीहरुले उजुरीमा उल्लेख गरेका छन ।

उजुरमा सत्ता पक्षका प्रदेश सभा सदस्यहरुको पिछा गर्न संदिग्ध ब्यक्तिहरु देखिन थालेको, निगरानी गर्न थालेको र धम्की आउन थालेकाले सुरक्षाको माग पनि गरिएको छ । उनीहरुले मेयर ओडले बोलेको अडियो, भिडियो र पत्रपत्रिकाका कटिङ प्रमाणका रुपमा जिल्ला प्रशासनमा पेश गरेका छन । 

तर मेयर ओडले भने विज्ञप्ती निकाल्दै आफूले आक्रोशमा आएर त्यस्तो भनेको भन्दै माफी मागेका छन । उनले दुईतिहाइको बलमा प्रदेशको राजधानी वन मास्ने गरी गोदावरी लग्ने प्रस्ताव आएकाले आक्रोशमा त्यस्ता शब्द आफ्नो मुखबाट निक्लेकोमा आत्मआलोचना गर्दै सच्चाउने उल्लेख गरेका छन् । तर उनले आफु गोदावरी राजधानी सार्ने प्रस्तावको जहिले पनि विरोधमै रहेको विज्ञप्तीमा उल्लेख गरेका छन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.