नेपालको शान्ति प्रक्रिया र कम्युनिष्ट सरकारबारे विदेशी चासो

नेपालको शान्ति प्रक्रिया र कम्युनिष्ट सरकारबारे विदेशी चासो

न्यूयोर्क :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध थप सुदृढ र सहकार्य मुलुक बढाउन दुवै पक्ष प्रयासरत रहेको बताएका छन । भारतीय विदेश मन्त्री सष्मा स्वराजले भेटेलगत्तै सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्ध थप सवल बनाउने उपाय र अहिले भइरहेका परियोजनको निचोडमा पुग्दै गरेको विषयमा छलफल भएको बताए ।

भारतीय विदेशमन्त्री स्वराज भारतीय टोलीको नेतृत्व गर्दै आएकी थिइन् भने ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाएका हुन ।

स्वराजले बिम्स्टेक बैठकको समयमा भएका दुईपक्षीय छलफलको निरन्तरताकै रुपमा आफ्नो कुराकानी अघि बढाएकी थिइन । यद्यपी, गत महिना काठमाडौंमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनमा स्वराज सहभागी थिइनन् । 

पधानमन्त्री नरेन्द्र मोदी र विदेश राज्यमन्त्री भिके सिंह सहभागी थिए । नेपाल–भारतसम्बन्ध पछिल्लो समयमा निकै सुधार उन्मुख देखिएको अवस्थामा दुई मुलुकबीचको परियोजना थप अघि बढाउनेदेखि सहकार्यलाई जोड दिने विषयमा छलफल भएको स्थायी नियोगले जनाएको छ ।

नेपाल–भारत सम्बन्ध केही समययता सुमधुरोन्मुख रहेको अवस्थामा बिम्स्टेक शिखर सम्मेलनपछि भारतीय भूमिमा नेपाली सेना बिम्स्टेक सैन्य अभ्यासमा नपठाएपछिको यो पहिलो उच्चस्तरीय कुटनीतिक भेटघाट हो । 

भारतीय सेनासँगको सैन्य बिम्स्टेक सैन्य अभ्यासबारे चर्को आलोचना भएपछि रकारले निर्णय नभएको भन्दै सहभागी गराएको थिएन । यो भेटघाटमा पनि नेपाल–भारत सम्बन्धका अलवा दक्षिण एसियाली शान्ति र सहकार्यबाारेमा छलफल भएको परराष्ट्रअधिकारीले जानकारी दिए । 

अघिल्लो दिन स्वराजले परराष्टमन्त्री प्रदीप ज्ञवालीसँग पनि दुईपक्षीय भेटवार्ता गरेकी थिइन् ।  प्रधानमन्त्री बसिरहेको होटल ग्राण्ड हायतमा विदेशमन्त्री सुस्मा उनलाई भेट्न आएकी थिइन् । उनीहरुबीच आधाघण्टा भन्दा बढी समय कुराकानी भएको थियो ।

प्रधानमन्त्रीले त्यसअघि बेलायती प्रधानमन्त्री थेरेसा मेलाई पनि भेटेका थिए । उनले राष्ट्रसंघ महासभाको ७३औँ अधिवेशनमा भाग लिनआएका प्रधानमन्त्री मेसँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको हो । नेपाल र बेलायतबीच शताब्दीयौँ देखिको मित्रता तथा द्विपक्षीय सम्बन्ध स्मरण गरिएको उक्त भेटमा नेपाल– बेलायत सम्बन्ध थप बलियो र क्रियाशिल बनाउन परामर्श भएको थियो । दुवै मुलुकका प्रधानमन्त्रीले एक अर्कालाई मुलुकको भ्रमणको निमन्त्रणा समेत दिए ।

बेलायतबाट नै नेपालको कूटनीतिक सम्वन्धको यात्रा अघि बढेको बताइएको थियो । राष्ट्र संघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेका अनुसार दुईपक्षीय सम्वन्ध विस्तार, भ्रमण, ब्यपार, लागानी र सहयोगबारे छलफल भएको थियो । 

बेलायतले नेपाललाई दिँदै आएको सहयोग जनताको जीवनस्तर सुधार गर्न उपयोगी रहेको पनि बताइएको थियो । बेलायती प्रधानमन्त्री मेले उच्च चासोका साथ प्रधानमन्त्री ओलीसँग भेट गरेकी हुन् । उनले बेलायतको सुुरक्षामा नेपालीको भूमिका, परापूर्व काल देखिको सम्बन्ध र नेपालको राजनीतिक अवस्थाबारे छलफल गरेकी थिइन् । लोकतन्त्रमा नेपालले पहिचान गरेको बाटोबारेमा समेत उनले सहीमार्ग भनेकी सहभागीले बताए ।

नेपालीसेनाका कर्णेल कुमार लामालाई बेलायतमा पक्राउ गरेपछि नेपाल र बेलायतको सम्बन्ध खासै सुमधुर थिएन । भूकम्पको समयमा बेलायती प्रधानमन्त्रीको अनुरोधलाई समेत तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले बेवास्ता गरेर भारतको पुणेबाट बेलायती हेलिकप्टर चिनुक स्वदेश फर्कनु परेको विषय हरेक भेटमा उठ्ने गरेको थियो ।  

बेलायतले त्यो तितो सध पोख्दै आएको भएपनि यो भेटमा त्यो विषय नउठेको सहभागीले बताए । अमेरिकी ओस्प्रे हेलिकोप्टर उडेको तर बेलायती चिनुकले नेपाल आउन नपाएको तितो बेलायतले पोख्ने गरेको थियो । यद्यपि नेपाल र बेलायतले सम्बन्धको दुई सयौँ वर्षगाँठसमेत मनाइसकेको छ । नेपालको पछिल्लो राजनीतिक अवस्था र वर्तमान सरकारको प्राथमिकता लागयतको विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रसंघ मुख्यालयमा स्विट्जरल्याण्डका राष्ट्रपति एलँ बेर्सेटसँग पनि भेटवार्ता गरे । नेपालको पछिल्लो राजनीतिक अवस्था र विकासको कार्यमा अडेर नै छलफल भएको भेटमा सहभागीले बताए । 

स्विजरल्याण्डले नेपालको ग्रामिण विकासमा र संघीयता लगायतमा गरेको सहयोगको सरहना प्रधानमन्त्रीले गरे । यसअघि पनि साइडलाइनमा प्रधानमन्त्री ओलीसँग कोलम्बिया, बुल्गेरिया, क्यानडा लगायत मुलुकका राष्ट्र एवं सरकार प्रमुखले भेटेर नेपाल र आफ्नो मुलुकको सम्वन्ध विस्तारसँगै नेपालले आफ्नो तवरले शान्ति प्रक्रियामा हासिल गरेको उपलब्धी र वर्तामान सरकारको कार्यशैलीबारेमा चासो देखाएका थिए । कम्युनिष्ट सरकार भनिए पनि प्रधानमन्त्रीले लोकतन्त्रको जगमा वर्तमान सरकार बनेको र त्यसमा कुनै तलमाथि नहुने धारणा विश्व नेताहरुलाई दिइरहेका छन ।

सबै भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि राजदूत डा अर्जुनकुमार कार्की, परराष्ट्र सचिव शंकरदास वैरागी, संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोगका कार्यबाहक प्रमुख निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका अन्य अधिकारीहरु पनि भेटघाटमा सहभागि थिए । 

बिहीबार अमेरिकी समय अनुसार साँझ ५.१५ अर्थात नेपाली समय शुक्रबार विहान सम्बोधन गर्नेछन् । उनको सम्बोधन नेपालको पछिल्लो राजनीतिक अवस्था, विश्व सम्वन्ध र विश्व राजनीतिमा नै केन्द्रित हुने बताइएको छ ।

कूटनीतिक सम्बन्ध जोडिएका मुलुक एक सय ६२ 

नेपाल र माडागास्करबीच दुईपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा माडागास्करका विदेशमन्त्री एलोइ अलफोन्स म्याक्सिम दोभोले दुईपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्दा स्थायी नियोग प्रमुखहरुबीच हस्ताक्षर हुने प्रचलन रहेको भए पनि यस्ता भेटघाटको क्रममा भने राजनीतिकस्तरमा नै हस्ताक्षर गर्ने परम्पराको विकास भएको छ । 

माडागास्कारसँगको सम्बन्ध विस्तारले कूटनीति सम्बन्ध स्थापना भएको मुलुकको संख्या १ सय ६२ पुगेको नेपाली स्थायी नियोगले जनाएको छ ।  हिन्द महासागरमा अवस्थित टापु मुलुक गणतान्त्रीक माडागस्कर विश्वकै चौथो ठूलो टापु मुलुक हो ।

शान्त र समृद्ध विश्व निर्माण आवश्यकता : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले असंलग्न अभियानमा नेपाल रहेको र त्यसको सिद्धान्तमा आधारित नेपालको कूटनीतिक यात्रा अब्बल रहेको पनि बताए । उनले असंगलग्न सिद्धान्तले सदस्यमुलुकहरूलाई शान्तिको पथमा अघि बढाउने बताए । 

राष्ट्र संघ मुख्यालयमा अति कम विकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुँदै मन्त्री ज्ञवालीले यस्तो धारणा ब्यक्त गरेका हुन ।  शान्ति र विकासको अभियानका सदस्यहरूले एक आपसमा सहकार्य गर्दै शान्त विश्व निर्माण गर्न योगदान गर्नुपर्ने बताए । 

गरिबी, असमानता, बेरोजगारी, जलबायु परिवर्तन, प्राकृतिक प्रकोप तथा आन्तरिक द्वन्द्व अति कम विकसित मुलुकका प्रगतिमा बाधक रहेको पनि बताए । विकासका लागि अतिकम विकसित मुलुकको आन्तरिक कार्य तथा प्रयासलाई सहयोगका लागि अन्तराष्ट्रिय सहयोग अहिलेको अपरिहार्यता हो । ज्ञवालीले चिनियाँ विदेशमन्त्री वाङ यीले आयोजना गरेको दिगो विकास लक्ष्यको अवलोकन गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.