तेह्रथुमका सबै स्थानीय तहमा बैंक स्थापना

तेह्रथुमका सबै स्थानीय तहमा बैंक स्थापना

म्याङलुङ : तेह्रथुम जिल्लाका ६ वटै स्थानीय तहमा बैंक स्थापना भएका छन्। तहमा बैंक पुगेपछि सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधिलगायतलाई सहज भएको छ। आर्थिक कारोबारमा सहजता थप्न सरकारले सबै तहमा बैंक स्थापना गर्ने नीति लिएको छ। तेह्रथुमका तीनवटा स्थानीय तहमा पहिले नै बैंक सञ्चालनमा थिए। बाँकीमा पनि बैंकको कारोबार सुरु भएको हो।

म्याङलुङ नगरपालिकामा नेपाल बैंक लिमिटेड, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, एसबीआई बैंक, सन्राइज बैंक र म्याङलुङकै जिरिखिम्तीमा जनता बैंक र काबेली बैंक अगाडिदेखि नै सञ्चालनमा थिए। एनआईसी एसिया बैंक यही साउनदेखि सञ्चालनमा आएको छ।

लालीगुराँस नगरपालिकामा राष्ट्रिय वाणिज्य बंैक, काबेली बैंक र एनसीसी बैंक, छथर गाउँपालिकामा नेपाल बंगलादेश बैंक र काबेली बैंक, फेदाप गाउँपालिकामा नेपाल बंगलादेश बैंक र मेन्छ्यायेम गाउँपालिकामा एनसीसी बैंकले शाखा विस्तार गरी कारोबार सुरु गरेका छन्।

गाउँपालिकामा बैंक नहुँदा बचत, ऋण र भुक्तानीका कारोबार गर्न फेदापबासीले एक दिन लगाएर म्याङ्लुङ बजार धाउनुपर्ने बाध्यता थियो तर गाउँमा नै बैंक स्थापना भएपछि बैंकिङ कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बताए। ‘अबदेखि वृद्धभत्ता थाप्न सदरमुकाम जानु नपर्ने भयो’ फेदाप गापालिका १, सिम्लेकी ८३ वर्षिया हरीमाया रिजालले खुसी व्यक्त गरिन्।

स्थानीय तहमा बैंक खुल्नु राम्रो हो। यसका कारण सम्बन्धित गाउँका नागरिक प्रत्येक्ष लाभान्वित भएका छन्। सुरक्षा चुनौती पनि उत्तिकै पेचिलो हुने हुँदा व्यवस्थापनका निम्ति भने होसियार हुनुपर्ने नेपाल बैंक लिमिटेड, तेह्रथुम शाखाका प्रबन्धक यामनाथ दाहालले बताए। उनले भने, ‘जिल्ला सदरमुकामबाट झोलामा पैसा लिएर गाउँगाउँ गई वृद्धभत्ता वितरण गर्नु कम चुनौतीपूर्ण थिएन तर अब भने गाउँमै बैंक स्थापना भएकोले यस्तो समस्या समाधान भयो।’

आफ्नौ गाउँपालिकामा बैंक स्थापना भएपछि सम्पूर्ण आर्थिक सेवा बैंकबाट सुरु गरिएको मेन्छ्यामेम गाउँपालिका अध्यक्ष यादव खापुङले बताए। उनले गाउँगाउँमा बैंक पुगेपछि सर्वसाधारणलाई आर्थिक कारोबार गर्न, पैसा बैंकमा थन्क्याउन र बैंकको ऋण लिएर गर्जो टार्नसमेत सजिलो भएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.