सय हिमालको आधारशिविर पुग्ने बाटो छैन

सय हिमालको आधारशिविर पुग्ने बाटो छैन

काठमाडौं : एक दशकअघि सरकारले चार सय तीन वटा हिमालको पहिचान गर्‍यो । तर अहिलेसम्म सयभन्दा बढी हिमालको आधारशिविर पुग्ने बाटो र भौतिक संरचना निर्माण हुन सकेको छैन । यसैकारण पर्यटन प्रवर्द्धन हुन सकेको छैन ।

यी हिमालमा बाटो र भौतिक संरचना अभावमा आरोहणसमेत रोकिएको छ । बर्सेनि सयौं आरोही पुग्ने हिमाल गुमनाम र प्रवर्द्धन नभएको भन्दै नेपाल पर्वतारोहण संघले आफूलाई जिम्मा दिन सरकारसँग माग गरेको छ ।

‘सयौं हिमाल वर्षाैंदेखि गुमनाम छन् । सर्तसहित जिम्मा दिए प्रवर्द्धन गरी देशकै हितमा विकास गर्न हामी तयार छौं’, संघका अध्यक्ष सन्तवीर लामाले भने । २७ वटा साना हिमालको प्रवर्द्धन गर्दै आएको संघले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमक्ष ओझेलमा रहेका हिमालको विकास र प्रवर्द्धनको जिम्मा दिन माग गरेको हो ।

बिहीबार संघको २८औं साधारणसभाका अवसरमा अध्यक्ष लामाले भने, ‘साना हिमाललाई व्यवस्थित रूपमा प्रवर्द्धन गरी आरोहीको संख्या वृद्धि गर्नेछौं । अन्नपूर्ण क्षेत्र, खुम्बु क्षेत्रमा मात्र आरोही एकीकृत भएकाले पश्चिम नेपाल र अन्य क्षेत्रको हिमालको विकास गर्नुको विकल्प छैन । पर्वतीय पर्यटन नै देशको आयस्रोतमध्ये मुख्य हो ।’

संघलाई १५ वटा हिमाल कानुनी रूपमा उल्लेख गरी सरकारले तिनको जिम्मा लगाएको छ । बाँकी १२ वटा हिमाल पाँचपाँच वर्षमा नवीकरण गरी सरकारले प्रवर्द्धनको जिम्मा दिँदै आएको छ । सर्तसहित ओझेलमा परेका र गुमनाम रहेका हिमाल संघलाई दिए देशकै विकासमा टेवा पुग्ने गरी काम गरेर देखाउने प्रतिबद्धतासहित जिम्मा दिन लामाले माग गरे । १ हजार ५ सयभन्दा बढी सदस्य रहेको संघ अन्तर्राष्ट्रिय आरोहण तथा पर्वतारोहण संघ (यूआईएए) र युनियन अफ एसियन अल्पाइन एसोसिएसनको सदस्य राष्ट्र हो । यो विश्वभर हिमाल रहेका देशको सामूहिक संस्था हो । राज्य पुनर्संरचनापछि संकलित रोयल्टी प्रदेशलाई २५ र स्थानीय तहलाई २५ गरी ५० प्रतिशत दिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

साधारणसभामा मन्त्री अधिकारीले देशको आर्थिक उन्नतिको आधार पर्यटन क्षेत्र नै भएकाले यसमा सबैको साथ चाहिने बताए । ओझेलमा परेका हिमालको प्रवर्द्धनदेखि थप हिमाल पहिचानमा समेत सरकारले निजीक्षेत्रसँग सहकार्य गरेर काम अघि बढाउने लक्ष्य राखेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.