पर्यटन सम्भावनाको खोजी

पर्यटन सम्भावनाको खोजी

 विदुर : पहाडी संरचना रहेको नुवाकोटमा पर्यटन विकासको सम्भावनाको खोजी कार्य सुरु भएको छ। प्रदेश ३ सभाको उद्योग, पर्यटन तथा वातावरण समितिले नुवाकोट जिल्लामा पर्यटन विकासका सम्भावनाको खोजी गर्ने भएको हो।

समितिले नुवाकोटका स्थानीय तहका प्रमुख, उपप्रमुख सहित सरोकारवाला संस्थाका प्रतिनिधि र स्थानीय प्रशासनसँग अन्तक्र्रिया गरेर स्थानीय पर्यटकीय विकासको सम्भावना, चुनौती र आधारहरूको पहिचान गर्ने प्रयाससमेत गरेको छ।

 समितिको आयोजना र जिल्ला समन्वय समिति नुवाकोटको समन्वयमा संघीय र प्रदेशसभाका सांसदहरूले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गरी यहाँका नागरिकहरूको आर्थिक समृद्धिमार्फत समृद्ध समाज निर्माणका लागि प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिनुपर्नेमा जोड दिएका छन्। 

सांसदहरूले जिल्लाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पक्षहरूको अधिकतम प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमार्फत समृद्धिको खोजी गर्न सबैको ऐक्यबद्धता हुनुपर्नेमा जोड दिएका छन्।

संघीय संसद्का सदस्य नारायणप्रसाद खतिवडाले नारामा सीमित कार्यक्रमहरूले लक्ष्य प्राप्ति नहुने उल्लेख गर्दै योजना तर्जुमा र कार्यान्वयनमा समेत आमूल परिवर्तन आवश्यक रहेको बताए। समितिकी अध्यक्ष रमा आलेमगर र सदस्यहरू हीरानाथ खतिवडा र बद्री मैनाली तथा प्रदेशसभा सदस्यहरू केशव पाण्डे र आशामाया तामाङले सिंगो प्रदेशलाई समृद्ध बनाउन हरेक जिल्लामा रहेका सम्भावनाको खोजी गर्ने बताए। प्रदेश सांसदहरूले संघ, प्रदेश र स्थानीय तहका नीति र योजनाहरूको कार्यान्वयनमा एकरूपता र समन्वयात्मक पहल भए विकासका गति तीव्र हुने बताउँदै अबको समय विकासका पूर्वाधारहरू निर्माण गर्ने र परिणाममुखी विकास योजना कार्यान्वयनमा लैजानेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल, प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा, शिवपुरी गाउँपालिकाका प्रमुख रामकृष्ण थापा, किस्पाङ गाउँपालिकाका प्रमुख छत्र लामा, पञ्चकन्या गाउँपालिकाका प्रमुख तेजबहादुर लामा, ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामा लगायतले नुवाकोटलाई प्रदेश ३ को राजधानी बनाउनुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.