डा. केसी फेरि अनशन बस्ने
काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग गर्दै आन्दोलनरत डा. गोविन्द केसीले अर्को अनशन गर्ने चेतावनी दिएका छन् ।
व्यवस्थापिका संसदको बर्खे अधिवेशनमा चिकित्सा शिक्षा विधेयक पारित नगरेपछि डा. केसी रुष्ट हुँदै फेरि अनशन गर्ने चेतावनी दिएका हुन् ।
बिहीबार उनले प्रेस विज्ञप्ति जारी गर्दै संसदको यही अधिवेशनले विधेयक पारित गर्नुपर्ने भन्दै असन्तुष्टि जनाएका हुन् । जब कि, सरकारले डा. केसीसँग विधेयक पारित गर्ने सहमति प्रतिवद्धता जनाइसकेको थियो ।
संसदको बर्खे अधिवेशन बिहीबार नै सम्पन्न भइसकेको छ । डा. केसीले सरकारको आलटाल गर्ने मनशाय देखेपछि १६ औं पटक अनशन गर्ने चेतावनी दिएका हुन्।