आफ्नै कामबाट सन्तुष्ट नभएको वीरगन्जका मेयरको स्विकारोक्ति

आफ्नै कामबाट सन्तुष्ट नभएको वीरगन्जका मेयरको स्विकारोक्ति

वीरगन्ज : प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जका मेयर विजय सरावगीले आफ्नो कामबाट आफैँ सन्तुष्ट बन्न नसकेको स्विकार गरेका छन् ।

मेयर पदमा निर्वाचित भएको एक वर्षको अवधिमा आफूले गरेका कामबाट पूर्ण रुपमा सन्तुष्ट हुन नसकेको उनको स्विकारोक्ति छ । वीरगन्ज महानगरपालिकाका निर्वाचित जनप्रतिनिधीको एक वर्ष पूरा भएको अवसरमा शुक्रबार महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर सरावगीले यस्तो आत्मालोचना गरेका हुन् ।

अधिकांश समय महानगरको ऐन, कानुन र नीति निर्माण तथा कर्मचारी व्यवस्थापनमै खर्चिनु परेको उनको अनुभव छ । उनले भने, ‘यो एक वर्षको अवधिमा भएका कामबाट म आफैँ पनि पूर्ण रुपमा सन्तुष्ट छैन, जति मैले चाहेको थिएँ त्यति गर्न सकेको छैन ।’

उनले थपे, ‘जति साधन श्रोत र जनशक्ति उपलब्ध भयो त्यसको भरपुर उपयोग गरेर आफूले सकेको जति काम भने गरेको छु, ५ वर्षको पूरा कार्यकालमा भने मैले सबै प्रतिबद्धता पूरा गरिछाड्छु ।’

अहिलेसम्म महानगरले बनाएका चार सय ३२ वटा योजनामध्ये दुई तिहाइ योजना कार्यान्वयन भइसकेको पनि उनको भनाइ छ । दोस्रो नगरसभाबाट आन्तरिक राजश्व ७४ करोड पुर्याउने लक्ष्यका साथ नीति तथा कार्यक्रम पारित गरिए पनि बजेट कार्यान्वयन नहुँदै विरोध भएपछि करको दर र दायरामा संशोधन गर्नुपरेको र त्यसले गर्दा आन्तरिक राजश्व २६ करोड घट्न गएको उनले बताए ।

आन्तरिक राजश्व घट्दा त्यसले चालु आर्थिक वर्षमा महानगरपालिकाले तर्जुमा गरेका योजनाको कार्यान्वयन गर्न कठिन भएको मेयरको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.