मधेसको नाममा खुलेका पार्टीको हैसियत बुझियोः नेता पौडेल

मधेसको नाममा खुलेका पार्टीको हैसियत बुझियोः नेता पौडेल

वीरगन्ज : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी दलले मधेसीको अधिकारका लागि नभइ सत्ताका लागि आन्दोलन गरेको आरोप लगाएका छन् ।

मधेस र जनजातिका नाममा खुलेका पार्टीको नाम र हैसियत जनताले बुझिसेको भन्दै तिनले सत्ताको लागि मात्रै राजनीति गरेको पौडेलको जिकिर छ । वीरगन्जमा शुक्रबारदेखि आयोजित कांग्रेसको प्रदेशस्तरीय विधान संशोधन सुझाव सङ्कलन भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेलले यसो भनेका हुन् ।

उनले भनेका छन्, ‘मधेसी, आदिवासी जनतजातीलाई अधिकारबाट बञ्चित राख्ने दलहरुकै सत्तामा सहभागि भएपछि मधेसी दलहरुले अधिकारका लागि नभई सत्ताका लागि मात्र विगतमा आन्दोलन गरेको प्रस्ट भएको छ ।’ साथै त्यस्ता पार्टीले जनताको हितमा काम गर्न नसक्ने उनको जिकिर छ ।

पौडेलले कम्युष्टि नेतृत्वको सरकारप्रति पनि पटाक्षेप गरेका छन् । उनले भने, ‘मुलुकमा अहिलेसम्म भएका सबै राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भए । अब मुलुकको समृद्धी पनि कांग्रेसकै नेतृत्वमा हुनेछ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव विधान संशोधन समितिका संयोजक डा. मिनेन्द्र रिजालको अध्यक्षतामा शुक्रबार आयोजित उद्घाटन समारोहमा कांग्रेस केन्द्रीय कोषाध्यक्ष सितादेवी यादव, केन्द्रीय सदस्य महालक्ष्मी डीना उपाध्याय, रमेश रिजाल, अजय चौरसिया लगायतले भाषण गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.