११५ वर्षको उमेरमा धनकुमारी गुरूङको निधन
पोखरा : बेगानास र रुपा तालबीचको पचभैया गाउँकी १ सय १५ वर्षीया धनकुमारी गुरुङको निधन भएको छ । उनको शुक्रबार आफ्नै निवासमा निधन भएको हो । वि.सं. १९६० भदौ ७ गते उनको जन्म भएको नागरिकतामा उल्लेख छ ।
उनको गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । पछिल्लो समय उनी बोलचाल र हिँडडुल गर्न सक्ने अवस्थामा थिइनन् । २०७० को संविधान सभामा मतदानमासमेत भाग लिएकी उनले २०७४ मा भने भोट हाल्न जान सकिनन् ।