बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु, ३२ घाइते

बस र ट्रक ठोक्किँदा २ जनाको मृत्यु, ३२ घाइते

परासी  : पूर्वपश्चिम-राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको कावासोती नगरपालिका -१६ पत्थरखोलामा शनिबार बिहान भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका छन्। 

बर्दियाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ५६२९ नम्बरको बस विपरित दिशाबाट जाँदै गरेको ना ६ ख ७७१९ नम्बरको ट्रकसंग ठोक्किँदा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।दुर्घटनामा मृत्यु हुनेमा बस चालक बाँके जिल्ला कोहलपुर नगरपालिका- ४ का २३ वर्षीय सुरज विक र कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका-४ का २४ वर्षीय लक्षमण थारू रहेका छन् ।

ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये बढी चोट लागेका १० जनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।  अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.