यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल भारतसँग १७१ रनले पराजित

यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल भारतसँग १७१ रनले पराजित

ढाका : बंगलादेशमा शनिबार सुरु यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १ सय ७१ रनले पराजित भएको छ ।

टस जितेर बलिङ गरेको नेपाली टोलीले ३ सय ५ रनको लक्ष्य पाएको थियो । ३६ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै नेपालका लागि कप्तान आसिफ शेखले २५, रोहितकुमार पौडेलले २४ र सन्दीप जोराले २० रन जोडे । चार ब्याट्स्म्यानले दोहोरो अंक छुन नसक्दा दुईले भने खाता खोल्नै सकेनन् ।

यसअघि भारतका लागि यसस्भी जैसवालले ५ छक्का र ८ चौकाको मद्दतमा सर्वाधिक १ सय ४ रन बनाएका थिए । यस्तै विकेट किपर प्रब सिमरन सिंहले ८२ रन बनाए । नेपालका भीम सार्कीले ७ ओभर बलिङ गर्दै ४ विकेट लिए । रशिद खानले २ विकेट लिँदा कमलसिंह ऐरी र सागर ढकालले १/१ विकेट लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.