पाँच महिना बित्यो तर समातिएनन् बलात्कार आरोपी वडाध्यक्ष

पाँच महिना बित्यो तर समातिएनन् बलात्कार आरोपी वडाध्यक्ष

दमौली : गत वैशाखमा नवलपरासी डेढगाउँकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष झकबहादुर कुमाल पाँच महिना पुगिसक्दा पनि पक्राउ परेका छैनन्। घटनालगत्तै कार्यवाहक छाडेर बेपत्ता भएका कुमाल गाउँमै आइरहने भए पनि पक्राउ परेका छैनन्।

वडाध्यक्ष कुमालमाथि स्थानीय विवाहिता महिलालाई डेढगाउँबाट फर्कने क्रममा बलात्कार गरेको अभियोग छ। उनीविरुद्ध पक्राउका लागि नवलपरासी वर्दघाट सुस्तापूर्वको प्रहरीमा उजुरीसमेत परेको छ। उनी तनहुँ बस्ने भएकाले पक्राउका लागि नलवपरासी प्रहरीले पत्राचार पनि गरेको छ। कुमाल नियमित घर आउने र रात बस्ने गरे पनि उनलाई पक्रन प्रहरीले तदारुकता नदेखाएको पीडितको परिवारले बताएको छ।

‘गाउँ जाँदा जर्बजस्ती उनकै घरमा हुल्न खोजे,’ ती महिलाका एक आफन्तले भने, ‘गाउँमै बसे ज्यानमाथि खतरा भएकाले दमौली पठाएका छौं।’ हाल श्रीमान् विदेश रहेकी ती महिलालाई पत्नीकै रुपमा राखेर बलात्कारको जाहेरी फिर्ता गराउन वडाध्यक्षले प्रयास गरेको ती आफन्तको दाबी छ। त्यसैले पनि महिला असुरक्षाले दमौली बस्न थालेकी हुन्।

तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले पक्राउको प्रयास भइरहे पनि नभेटिएको दाबी गरे। कुमाल तत्कालीन एमाले तथा हाल नेकपामा आवद्ध छन्। राजनीतिक दबाबका कारण उनलाई नपक्रेको आरोपसमेत प्रहरीमाथि लाग्ने गरेको छ।

प्रदेश सभामा समेत यस विषयमा पटक पटक आवाज उठ्यो। यसअघि केही पटक कुमालको गाउँ पुगेको प्रहरी उनी झुक्याएर भागेकाले पक्रन नसकिएको बताउँदै फर्केको थियो।

प्रदेश सभामा गत साता प्रदेशसभा सदस्य सरिता गुरुङले आवाज उठाएपछि उनलाई पक्रन फेरि प्रहरी टोली गाउँ गएको थियो। तर उनी गाउँमा नभेटिएको प्रहरी उपरीक्षक शाहले बताए।

‘हामीले प्रयास नगरेका हैनौं,’ उनले भने,‘तर नभेटिएकाले समस्या परेको छ।’ शाहका अनुसार कुमालले नियमित रुपमा लोकेसन फेरिरहने गरेका छन्।

‘गाउँमा रहेको लोकेसनका आधारमा प्रहरी पठाउँछौं तर उनी नवलपरासी गैसकेका हुन्छन्,’ उनले भने,‘हाम्रो काम पक्रेर उता (नवलपरासी) पठाउने हो तर उताबाट पर्‍याप्त सहयोग भएन।’ उनले आफूहरुजत्तिकै नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी पनि लाग्ने र नियमित सूचना आदानप्रदान नहुँदासम्म कुमाललाई पक्रन कठिन भएको बताए। ‘दुवैतिरबाट संयुक्त प्रयास भएमा पक्रन सकिन्छ,’ उनले भने।

घटनाको लामो समयसम्म समेत पक्रन नसकिँदा एकातिर पीडित महिलाले असुरक्षा भोगेकी छन् भने अर्कोतिर कानुनी कारबाही अघि बढ्न सकेको छैन।

अहिले देशैभर बलात्कारका घटनामा कारबाहीको चर्को दबाब परिरहेका बेला तनहुँमा यति लामो समयसमम पनि दोषी पक्रन नसक्नु दुःखद् भएको प्रदेशसभा सदस्य सरिता गुरुङले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.