कञ्चनपुर घटनाको प्रमाण नष्ट गर्नेलाई जेल सजाय माग

कञ्चनपुर घटनाको प्रमाण नष्ट गर्नेलाई जेल सजाय माग

पोखरा : कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई कारवाहीको माग गर्दै पोखरामा प्रदर्शन भएको छ। निर्मला पन्तको न्यायका लागि स्थानीयले पोखरा बजार परिक्रमा गरि मानवअधिकार चोकमा सभा गरेका छन्। 

दुई महिना भइसक्दा पनि बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई पक्राउ नगरिएको भन्दै प्रदर्शनका सहभागीले गृहमन्त्रीको राजीनामा माग्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन्। समाजमा एक पछि अर्को महिला हिंसा र बलत्कारका घटना बढिरहेको तर सरकार कानमा तेल हालेर बसेको सभाका वक्ताहरूले बताए। 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा अनुसन्धानमा खटिएका सुरक्षाकर्मीले प्रमाण नष्ट गरेको भन्दै संविधानअनुसार ५ वर्ष जेल हाल्न उनीहरूले माग गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.